Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

झापाको एक प्लाई उद्योगमा आगलागी, तीन लाख बराबरको क्षति


झापा। झापाको बिर्तामोड नगरपालिका–३ सूर्यनगर टोलमा रहेको रिद्धिसिद्धी भेनियर प्लाई उद्योगमा आगलागी भएको छ ।

अनुप अग्रवालले सञ्चालन गरेको सो प्लाई फ्याक्ट्रीनजिकै साईडमा प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ भेनियर राखेको ठाउँमा शुक्रबार बिहान ४ बजे अचानक आगलागी भएको बताका छन् । उक्त आगलागीबाट करिब तीन लाख बराबरको क्षति भएको झापा प्रहरीले जनाएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, बिर्तामोड नगरपालिकाको दमकल, बिर्तामोड नगरपालिकाको ट्यांकर, मेचीनगर नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा अहिले बिहान सवा पाँच बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?