Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

बंगलादेशमा एड्सका कारण एक वर्षमा २६६ जनाको मृत्यु


ढाका। बङ्गलादेशमा सन् २०२३ मा एचआईभी/एड्स सङ्क्रमणका कारण कुल २६६ जनाको मृत्यु भएको छ । यो सङ्ख्या बङ्गलादेशमा सन् १९८९ मा पहिलो पटक एड्स सङ्क्रमित फेला परे यताको सबैभन्दा बढी हो।

त्यस्तै, तथ्याङ्क प्रस्तुत गर्दै कार्यक्रम निर्देशक मोहफुजुर रहमान सरकारले सन् २०२२ मा देशभर २३२ जनाको मृत्यु भएको र ९४७ बिरामी पहिचान भएको बताए ।

यसैबीच, बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको राष्ट्रिय क्षयरोग, कुष्ठरोग तथा एड्स नियन्त्रण कार्यक्रमले बुधबार पत्रकार सम्मेलन आयोजना गरी यस वर्षको डिसेम्बर २७ सम्म एड्सबाट १ हजार २७६ सङ्क्रमितहरू रेकर्ड गरिएको बताएको छ ।

यस वर्ष सङ्क्रमितमध्ये १ हजार ११८ बंगलादेशी नागरिक रहेको र बाँकी १ सय ५८ जना म्यानमारका रोहिंग्याहरू बङ्गलादेशको दक्षिणपूर्वी कक्स बजार जिल्लाका विभिन्न शिविरहरूमा बसोबास गरिरहेका व्यक्तिहरू रहेको बताएको छ ।

त्यस्तै, बङ्गलादेशमा एड्सको पहिलो सङ्क्रमित सन् १९८९ मा पत्ता लागेको थियो भने त्यस बेलादेखि हालसम्म १० हजार ९८४ सङ्क्रमितहरूको पहिचान भएको र ती मध्ये २ हजार ८६ जनाको मृत्यु भएको छ।


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?