Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

पशुपति क्षेत्र विकास कोषको निर्देशक नियुक्ति सम्बन्धि कागजात ३ दिनभित्र पेस गर्न निर्देशन


काठमाडौं। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्तिको विवरण र योग्यतासम्बन्धी कागजात माग गरेको छ ।

उक्त समितिको बिहीबार बसेको बैठकले पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिँदै पुनलाई कार्यकारी निर्देशक नियुक्ति गरेका विषयमा विवरण माग गरेको हो ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तथा कोषाध्यक्षसँग छलफलपछि समितिले आनन्द होटेलसँग भएको सम्झौताका कागजात उपलब्ध गराउन पनि निर्देशन दिइएको छ ।

सो समितिले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना यथाशक्य चाँडो पारित गरी कार्यान्वयनमा लैजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।

त्यस्तै, ‘पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएका कार्यकारी निर्देशकको नियुक्तिसम्बन्धी प्रमाणित कागजातहरू (निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र, वैयक्तिक विवरण लगायत) ३ (तीन) दिनभित्र यस समितिमा उपलब्ध गर्नरगराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिने, ’समितिको निर्देशनमा उल्लेख गरिको छ ।

उक्त समितिले कोषको नाममा रहेको सम्पूर्ण जग्गाको शीघ्र यकिन र हालसाविक गरी कोषको नाममा लालपुर्जा लिने व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।

 


प्रकाशित मिति: १२ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?