Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

दयाहाङ राई अभिनित ‘डिग्री माइला’को पोस्टर सार्वजनिक


काठमाडौं। बैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । बिहीवार सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राईको ‘क्यारेक्टर लुक्स’ चित्रण छ ।

त्यस्तै, पोस्टरमा ‘किन चाउरियो मरिच आफ्नै रागले’ बटमलाइन उल्लेख छ भने रामबाबु गुरुङ निर्देशित फिल्मले शैक्षिक बेरोजगारको कथा पेश गर्छ । यही नाममा यसअघि दयाहाङ राईको नाटक समेत प्रदर्शन भैसकेको छ ।

उक्त पोस्टरमा चस्मा लगाएको दयाहाङको पात्र गम्भीर देखिन्छ भने नेपालको शिक्षा प्रणाली र त्यसको उत्पादनशिलताको कथावस्तुमा बनेको फिल्ममा दयाहाङले शीर्ष पात्रको भूमिकामा अभिनय गरेका छन् ।

त्यस्तै। फिल्म निर्माणमा बाँसुरी फिल्मस र सुष्मा प्रोडक्सनले सहकार्य गरेका छन् भने ओखलढुंगा र काठमाडौंमा छायांकन भएको फिल्ममा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ ।

‘कबड्डी’ फेम्ड निर्देशक तथा निर्माता गुरुङको यो फिल्म पनि दर्शकमाझ प्रतीक्षित छ ।


प्रकाशित मिति: १२ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?