Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

दयाहाङ राई अभिनित ‘डिग्री माइला’को पोस्टर सार्वजनिक


काठमाडौं। बैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । बिहीवार सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राईको ‘क्यारेक्टर लुक्स’ चित्रण छ ।

त्यस्तै, पोस्टरमा ‘किन चाउरियो मरिच आफ्नै रागले’ बटमलाइन उल्लेख छ भने रामबाबु गुरुङ निर्देशित फिल्मले शैक्षिक बेरोजगारको कथा पेश गर्छ । यही नाममा यसअघि दयाहाङ राईको नाटक समेत प्रदर्शन भैसकेको छ ।

उक्त पोस्टरमा चस्मा लगाएको दयाहाङको पात्र गम्भीर देखिन्छ भने नेपालको शिक्षा प्रणाली र त्यसको उत्पादनशिलताको कथावस्तुमा बनेको फिल्ममा दयाहाङले शीर्ष पात्रको भूमिकामा अभिनय गरेका छन् ।

त्यस्तै। फिल्म निर्माणमा बाँसुरी फिल्मस र सुष्मा प्रोडक्सनले सहकार्य गरेका छन् भने ओखलढुंगा र काठमाडौंमा छायांकन भएको फिल्ममा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ ।

‘कबड्डी’ फेम्ड निर्देशक तथा निर्माता गुरुङको यो फिल्म पनि दर्शकमाझ प्रतीक्षित छ ।


प्रकाशित मिति: १२ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?