Trending
>>   पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१ >>   एमालेले विधान अधिवेशनको सुझाव संकलन थाल्यो, २५१ सदस्यीय केन्द्रिय कमिटी र पदाधिकारी १५ जनाको >>   कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल >>   वामदेवले भनेः मलाई कार्यक्षेत्र नदिए पार्टीमा लामो समय बस्न सक्दिन >>   झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन >>   बंगलादेशको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो >>   उत्तरी म्यानमारमा जेड खानी भत्किँदा २० जना पुरिए >>   पुष्पलाल नेपालको कम्युनिष्ट आन्दोलनको जनकः वेदुराम भुसाल >>   दक्षिणी इटालीमा अत्याधिक गर्मी >>   गाजाका वरिष्ठ स्वास्थ्य अधिकारी इजरायली सेनाको हिरासतमा
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

राष्ट्रपति पौडेलसमक्ष जापानी राजदूतको शिष्टाचार भेट


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छ्न् ।

सो अवसरमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको लागि व्यक्त गरेको निःशर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गरेको उल्लेख गरे । उनले नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्याइआएको सहयोगका लागि धन्यवाद समेत व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यसैगरी आजै राष्ट्रपति पौडेलसमक्ष थाइल्याण्ड अधिराज्यका लागि नेपालका आवासीय नवनियुक्त राजदूत धनबहादुर वलीले पद तथा गोपनीयताको शपथ लिए ।

उक्त अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: १२ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?