Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

एनसेलबारे छानबिन सक्नासाथ सरकारले आवश्यक निर्णय लिन्छ : मन्त्री शर्मा


काठमाडौं। सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले एनसेल बिक्रीमा गैरकानुनी काम भएको भए कारबाही गर्ने बताएकी छन् । अनुसन्धान गरी कारबाही गर्न सरकारले छानबिन समिति बनाएको बताएकी हुन् ।

मन्त्री शर्माले एनसेल बिक्रीबारे संसदको शिक्षा समितिमा बिहीबार भएको छलफलमा पूर्व महालेखा परीक्षक टङ्कमणि शर्मा नेतृत्वको समितिले काम गरिरहेको बताइन् ।

त्यस्तै, ‘कानुन बमोजिम काम भएका छैनन् भने जोसुकै पनि कारबाहीको दायरामा आउनुपर्छ भन्ने सङ्कल्पका साथ सरकारले समिति गठन गरेको हो,’ ३० दिनको समय पाएको समितिले समयमै काम सक्ने भन्दै उनले भनिन्, ‘अहिले अध्ययनमै भएको हुनाले के हुनेवाला छ भन्न छिटो होला ।’

उक्त समितिले आफ्नो छानबिन सक्नासाथ सरकारले आवश्यक निर्णय लिने उनले बताइन् । अघिल्लो महिना मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६५ करोडमा बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको थियो ।

त्यसैगरी, लाभकर छल्न र २०२९ पछि एनसेल नेपालको स्वामित्वमा आउन नदिन शेयर खरिद बिक्री भएको आशङ्का गरिएको छ ।


प्रकाशित मिति: १२ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?