Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

एनसेलबारे छानबिन सक्नासाथ सरकारले आवश्यक निर्णय लिन्छ : मन्त्री शर्मा


काठमाडौं। सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले एनसेल बिक्रीमा गैरकानुनी काम भएको भए कारबाही गर्ने बताएकी छन् । अनुसन्धान गरी कारबाही गर्न सरकारले छानबिन समिति बनाएको बताएकी हुन् ।

मन्त्री शर्माले एनसेल बिक्रीबारे संसदको शिक्षा समितिमा बिहीबार भएको छलफलमा पूर्व महालेखा परीक्षक टङ्कमणि शर्मा नेतृत्वको समितिले काम गरिरहेको बताइन् ।

त्यस्तै, ‘कानुन बमोजिम काम भएका छैनन् भने जोसुकै पनि कारबाहीको दायरामा आउनुपर्छ भन्ने सङ्कल्पका साथ सरकारले समिति गठन गरेको हो,’ ३० दिनको समय पाएको समितिले समयमै काम सक्ने भन्दै उनले भनिन्, ‘अहिले अध्ययनमै भएको हुनाले के हुनेवाला छ भन्न छिटो होला ।’

उक्त समितिले आफ्नो छानबिन सक्नासाथ सरकारले आवश्यक निर्णय लिने उनले बताइन् । अघिल्लो महिना मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६५ करोडमा बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको थियो ।

त्यसैगरी, लाभकर छल्न र २०२९ पछि एनसेल नेपालको स्वामित्वमा आउन नदिन शेयर खरिद बिक्री भएको आशङ्का गरिएको छ ।


प्रकाशित मिति: १२ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?