Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

दमौली अस्पताललाई रु छ लाख सहयोग


तनहुँ। व्यास नगरपालिका कार्यालयले दमौली अस्पताललाई रु छ लाख अनुदान उपलब्ध गराउने भएको छ । दमौली अस्पतालमा कार्यरत गाइनोलोजिष्ट र एनेस्थेसिस्ट दुईजना चिकित्सकलाई पारिश्रमिकबापत सो रकम उपलब्ध गराउन लागेको हो ।

त्यस्तै, सुत्केरीको शल्यक्रिया सेवालाई निरन्तरता दिन चालु आर्थिक वर्षको छ महिना नगरपालिकाले अनुदान दिएर सहयोग गर्न लागेको व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए । यही पुस २५ गते हुन गइरहेको ४०औँ व्यास नगरसभासमक्ष उक्त प्रस्ताव पेस गर्ने निर्णय गरेको उनले बताए ।

दमौली अस्पतालमा स्तरोन्नतिका लागि यसअघि पटक–पटक प्रदेश सरकारसँग अनुरोध गर्दै आए पनि स्तरोन्नति नभएकाले हालको अवस्थामा नगरपालिकाले अनुदान दिएर सेवालाई निरन्तर गर्न लागेको हो । आ.व २०८०/८१ का लागि सडक बोर्डअन्तर्गतका रु एक करोड ३५ लाख ७२ हजार बराबरको प्रस्तावित कार्यक्रम स्वीकृतिका लागि सडक बोर्ड नेपालसमक्ष पेस गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, पुस ९ गतेदेखि निर्मल माध्यमिक विद्यालयमा सञ्चालित राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेकामा खेलाडी विद्यार्थीलाई हार्दिक बधाई एवं धन्यवाद ज्ञापन गरेको छ भने व्यास नगरपालिकाअन्तर्गतका विद्यालयका विद्यार्थीले १५ स्वर्ण, एक रजत, १९ कास्यसमेत गरी २५ पदक प्राप्त गरी जिल्लामा प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।


प्रकाशित मिति: १२ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?