Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

दमौली अस्पताललाई रु छ लाख सहयोग


तनहुँ। व्यास नगरपालिका कार्यालयले दमौली अस्पताललाई रु छ लाख अनुदान उपलब्ध गराउने भएको छ । दमौली अस्पतालमा कार्यरत गाइनोलोजिष्ट र एनेस्थेसिस्ट दुईजना चिकित्सकलाई पारिश्रमिकबापत सो रकम उपलब्ध गराउन लागेको हो ।

त्यस्तै, सुत्केरीको शल्यक्रिया सेवालाई निरन्तरता दिन चालु आर्थिक वर्षको छ महिना नगरपालिकाले अनुदान दिएर सहयोग गर्न लागेको व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए । यही पुस २५ गते हुन गइरहेको ४०औँ व्यास नगरसभासमक्ष उक्त प्रस्ताव पेस गर्ने निर्णय गरेको उनले बताए ।

दमौली अस्पतालमा स्तरोन्नतिका लागि यसअघि पटक–पटक प्रदेश सरकारसँग अनुरोध गर्दै आए पनि स्तरोन्नति नभएकाले हालको अवस्थामा नगरपालिकाले अनुदान दिएर सेवालाई निरन्तर गर्न लागेको हो । आ.व २०८०/८१ का लागि सडक बोर्डअन्तर्गतका रु एक करोड ३५ लाख ७२ हजार बराबरको प्रस्तावित कार्यक्रम स्वीकृतिका लागि सडक बोर्ड नेपालसमक्ष पेस गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, पुस ९ गतेदेखि निर्मल माध्यमिक विद्यालयमा सञ्चालित राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेकामा खेलाडी विद्यार्थीलाई हार्दिक बधाई एवं धन्यवाद ज्ञापन गरेको छ भने व्यास नगरपालिकाअन्तर्गतका विद्यालयका विद्यार्थीले १५ स्वर्ण, एक रजत, १९ कास्यसमेत गरी २५ पदक प्राप्त गरी जिल्लामा प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।


प्रकाशित मिति: १२ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?