Trending
>>   सांसद साहको टिप्पणीः देवता भेट्न बरु सहज हुन्छ होला, परराष्ट्रमन्त्री भेटिनुभएन >>   सर्वोच्चमा विचारधिन जगदुल्ला हाइड्रोपावरबारे लेखा समितिमा छलफल, सांसदको आपत्ति >>   मधेसमा पानी नभए घर छोड्दा समेत सरकार जिम्मेवार भएनः सांसद कंशाकार >>   जगदुल्ला हाइड्रोपावरबारे लेखा समितिले भन्यो–प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाउनू >>   नायव महान्यायाधिवक्ता घिमिरेको स्वेच्छिक अवकाश स्वीकृत >>   सांसद मोदीको प्रश्नः मापदण्ड नै नपुगेको कम्पनीलाई जगदुल्ला हाइड्रो पावर बनाउने जिम्मा कसरी दिइयो ? >>   पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याउन खोज्नु राष्ट्रपति पदकै अपमान होः प्रधानमन्त्री ओली >>   पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१ >>   एमालेले विधान अधिवेशनको सुझाव संकलन थाल्यो, २५१ सदस्यीय केन्द्रिय कमिटी र पदाधिकारी १५ जनाको >>   कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

बोलीले होइन कामबाट नतिजा खोजौँ:  मन्त्री गुरुङ


वालिङ,स्याङ्जा। कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेतृत्वको बोलीबाट नभई नागरिकले कामबाट परिवर्तन खोजेको बताएका छ्न् ।

स्याङ्जाको चापाकोट नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको आज बिहान चापाकोट–६ मोहमीस्थित साँखर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा उनले भने, “बोलीबाट नभई नागरिकलाई कामबाट नतिजा दिनुपर्छ”, उनले भने, “नेतृत्वको परीक्षण कामको मूल्याङ्कनबाट गर्ने भएकाले परिणाम आउने गरी काममा ध्यान दिनु जरुरी छ ।”

त्यसैगरी, छोटो सम्बोधन गर्नुभएका मन्त्री गुरुङले स्थानीय सरकारका रुपमा चापाकोट नगरपालिकाले गाउँ–गाउँका नागरिकलाई लक्षित गरी वडा–वडामा विशेषज्ञसहितको स्वास्थ्य सेवाको पहुँच पुर्याएर नागरिकको स्वास्थ्यप्रति सचेत रहेको समेत बताए ।

स्याङ्जाको चापाकोट नगरपालिकाले प्रत्येक वडामा पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको छ । नगरवासीलाई आफ्नै ठाउँमा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउने मुख्य उद्देश्यसहित आजबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको नगरप्रमुख देवबहादुर खाणले बताए।

त्यस्तै, आज वडा नं ६ को साँखर स्वास्थ्य चौकीबाट सुरु भएको स्वास्थ्य शिविर पुस २७ गते वडा नं ९ को चापाकोट अस्पतालमा आएर सकिने छ भने सो वडामा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य सेवा केन्द्रबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले सेवा दिने भएको हो ।

उक्त शिविरमा विशेषगरी निःशुल्क स्वास्थ्य जाँच, भिडियो एक्सरे, इसिजी, परिवार नियोजन, आँखा परीक्षण, दन्त परीक्षण, प्रयोगशाला र पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने भएको हो ।


प्रकाशित मिति: १२ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?