Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

इजाजत पत्र नवीकरण गर्न फिल्म हललाई बोर्डको निर्देशन


काठमाडौं। चलचित्र विकास बोर्डले फिल्म हलहरूलाई इजाजत पत्र नवीकरण गरेर मात्र चलचित्र प्रदर्शन गर्न निर्देशन दिएको छ । बोर्डले आज एक सूचना जारी गर्दै ३५ दिनभित्र इजाजत पत्र नवीकरण गर्न समय सीमा तोकेको हो ।

‘नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावली, २०५७ बमोजिम चलचित्र विकास बोर्डबाट लिनुपर्ने इजाजत पत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरी गराई अद्यावधिक रहेर मात्र चलचित्र घर सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

उक्त बोर्डले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा चलचित्र प्रदर्शन ईजाजतपत्र अद्यावधिक रहेको कागजात बोर्ड समक्ष पेश गर्न पनि आग्रह गरेको छ । बोर्डको आग्रहलाई बेवास्ता गरेका प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनामा भनिएको छ ।

 


प्रकाशित मिति: १२ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?