Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

अभिनेता विजयकान्तको निधन


काठमाडौं। भारतका तमिलनाडुमा प्रभाव रहेको ‘डीएमडीके’ राजनीतिक दलका प्रमुख एवं अभिनेता विजयकान्तको निधन भएको छ ।

कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित उनको बिहीबार चेन्नाइमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोभिड-१९ पोजेटिभ देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

‘क्याप्टेन विजयकान्त निमोनियाको लागि भर्ना भएपछि भेन्टिलेटरमा राखिएको थियो भने मेडिकल स्टाफको अथक प्रयासका बाबजुद पनि आज बिहान उनको मृत्यु भयो ।’ अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै समाचार प्रकाशित भएको छ ।

त्यस्तै, विजयकान्तलाई नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार अस्पताल भर्ना गरिएको थियो । त्यतिबेला उनको पार्टी डीएएडी पार्टीले विजयकान्त ‘स्वस्थ’ रहेको र परीक्षण पछि घर फर्किने बताएको थियो । विजयकान्तलाई यसअघि नोभेम्बर २० मा पनि अस्पताल भर्ना गरिएको थियो भने उनको श्वासप्रश्वासको समस्या देखिएपछि अस्पतालमा उपचार भइरहेको थियो ।

विजयकान्तले १५४ वटा फिल्ममा अभिनय गरेका छन् । फिल्मपछि मात्रै उनी राजनीतिमा सक्रिय भएका थिए । डीएमडीके राजनीतिक पार्टी स्थापना गरेर उनी विरुधाचल र ऋषिवन्दियम निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै दुई पटक विधान सभाको सदस्य भएका थिए ।

सन् २०११ देखि २०१६ सम्म तमिलनाडु विधानसभामा विपक्षी दलको नेता भएपछि उनको राजनीतिक करियरको ग्राफ बढेको थियो । पछिल्ला वर्षहरूमा विजयकान्तको स्वास्थ्य खराब हुँदा उनी सक्रिय राजनीतिक सहभागिताबाट भने पछाडि नै रहेका थिए ।


प्रकाशित मिति: १२ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?