Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

अभिनेता विजयकान्तको निधन


काठमाडौं। भारतका तमिलनाडुमा प्रभाव रहेको ‘डीएमडीके’ राजनीतिक दलका प्रमुख एवं अभिनेता विजयकान्तको निधन भएको छ ।

कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित उनको बिहीबार चेन्नाइमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोभिड-१९ पोजेटिभ देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

‘क्याप्टेन विजयकान्त निमोनियाको लागि भर्ना भएपछि भेन्टिलेटरमा राखिएको थियो भने मेडिकल स्टाफको अथक प्रयासका बाबजुद पनि आज बिहान उनको मृत्यु भयो ।’ अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै समाचार प्रकाशित भएको छ ।

त्यस्तै, विजयकान्तलाई नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार अस्पताल भर्ना गरिएको थियो । त्यतिबेला उनको पार्टी डीएएडी पार्टीले विजयकान्त ‘स्वस्थ’ रहेको र परीक्षण पछि घर फर्किने बताएको थियो । विजयकान्तलाई यसअघि नोभेम्बर २० मा पनि अस्पताल भर्ना गरिएको थियो भने उनको श्वासप्रश्वासको समस्या देखिएपछि अस्पतालमा उपचार भइरहेको थियो ।

विजयकान्तले १५४ वटा फिल्ममा अभिनय गरेका छन् । फिल्मपछि मात्रै उनी राजनीतिमा सक्रिय भएका थिए । डीएमडीके राजनीतिक पार्टी स्थापना गरेर उनी विरुधाचल र ऋषिवन्दियम निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै दुई पटक विधान सभाको सदस्य भएका थिए ।

सन् २०११ देखि २०१६ सम्म तमिलनाडु विधानसभामा विपक्षी दलको नेता भएपछि उनको राजनीतिक करियरको ग्राफ बढेको थियो । पछिल्ला वर्षहरूमा विजयकान्तको स्वास्थ्य खराब हुँदा उनी सक्रिय राजनीतिक सहभागिताबाट भने पछाडि नै रहेका थिए ।


प्रकाशित मिति: १२ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?