Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१५ चैत्र २०८२, आईतवार
१५ चैत्र २०८२, आईतवार

विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रवर्द्धन गर्नुपर्छ : राष्ट्रपति पौडेल


गलकोट। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी–व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले भने, “विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रवर्द्धन गरी यस क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिन्छ ।”

त्यस्तै, बागलुङ उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको सातौँ बागलुङ महोत्सवको उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले पर्याप्त भौतिक पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याएर आयआर्जन गर्न सकिने प्रशस्त सम्भावना रहेको बताएका छन् ।

उनले मध्यपहाडी लोकमार्गको काम द्रुत गतिमा अघि बढाउन आह्वान गर्दै झोलुङ्गे पुल र बुट्टेनलीको जिल्लाका रुपमा रहेको बागलुङका पहिचानलाई व्यापक प्रचार-प्रसार गरेर आम्दानी बढाउनुपर्नेमा जोड दिए । उनले भने, “राजनीतिको उर्भरभूमिका रुपमा रहेको बागलुङ आउँदा आफूलाई आफ्नै घर आएजस्तो भयो, २०४६ सालमा आन्दोलनका क्रममा चार महिना यहाँ जेलजीवन बिताएको ताजा भयो ।” उनले जेलमा बसेका बागलुङका राजनीतिक व्यक्तिहरुलाई स्मरण गरेका थिए ।

त्यसैगरी, राजनीतिक चेतनाको उर्वरभूमि मात्र होइन धौलागिरि हिमशृङ्खलासहितका प्राकृतिक छटाले सुसज्जित बागलुङ वरपरका क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय विकासका लागि महोत्सव आयोजना गरिएकामा राष्ट्रपतिले त्यसको सराहना गरे । सबैभन्दा धेरै विपे्रषण भित्र्याउने जिल्लाका रुपमा बागलुङले परिचय बनाएको तथा निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्व जन्माएको यो जिल्लाप्रति गर्व लागेको बताए ।

बागलुङको भौगोलिक विविधता र विकटतालाई पृथक र नवीन पर्यटकीय थलोका रुपमा विकास गरी नयाँ पुस्तालाई यस क्षेत्रको भ्रमणको लागि प्रेरित गर्नु आजको आवश्यकता भएको राष्ट्रपति पौडेलले बताए । उनले ढोरपाटन पर्यटन र शिकारका लागि प्रख्यात क्षेत्र भए पनि धेरै पर्यटक आकर्षित गर्न नसकेको भन्दै यसको प्रचार-प्रसारमा विशेष ध्यान दिन सुझाब समेत दिए ।

बागलुङका कृषि उपज र जडीबुटीलाई प्रदेश सरकारले प्रवर्धन गर्नुपर्नेमा जोड दिँदै यिनको विकासमा उद्योगी– व्यवसायीलाई उत्प्रेरित गर्नुपर्ने राष्ट्रपतिले बताए । उक्त महोत्सवका माध्यमबाट जडीबुटीको प्रवर्धनमा योगदान पुगेको विश्वास उनले व्यक्त गरे ।

सो महोत्सवमा पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङको विकासका लागि सबै सांसद एकजुट हुन आवश्यक छ भन्नुने । उनले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको काममा भइरहेको ढिलाइप्रति जनता आक्रोशित भएका बताउँदै सरकारले आवश्यक कारबाही गर्नुपर्नेमा जोड समेत दिए ।

त्यसैगरी,र्वशिक्षामन्त्री देवेन्द्र पौडेल, सांसद देवीप्रकाश भट्टचन र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङ महोत्सवका माध्यमबाट स्थानीय उत्पादनको विकासमा सहयोग पुग्ने बताए ।

उक्त महोत्सव २१ गतेसम्म चल्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताए ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?