Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा


ढोरपाटन। राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ बजार आएका छन् । उनी आज बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमा यहाँ आएक आएका हुन् ।

राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए । उनी सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ आएका हुन् । राष्ट्रपति पौडेलले बागलुङ कालिका मन्दिरको दर्शन तथा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।

उक्त मन्दिरको दर्शनलगत्तै उनले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित सालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिएका छन् ।

त्यस्तै, कोरोना सङ्क्रमणका कारण हुन नसकेको महोत्सव चार वर्षपछि हुन लागेको हो भने सो आजदेखि सुरु हुने महोत्सव यही पुस २१ गतेसम्म चल्ने अध्यक्ष कँडेलले बताए ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?