Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

नेविसंघ इतरमा फूटः इतरकै अर्काे समूहले बाेलायाे छुट्टै भेला !


काठमाडाैं । नेविसंघ इतरमा फूट देखिएकाे छ । याे समूहले अर्काे समूहले केन्द्रीय सदस्यकाे छुट्टै भेला बाेलाएर विद्राेहकाे तयारी गरेपछि गुट स्विकार नहुने बताएकाे हाे । नेता विनाेद शाहीले केन्द्रिय समिति असक्षम भैसकेकाले भेलाको कुनै तुक नरहेकाे बताए ।

‘केन्द्रिय समितिमा बसेर गुटबन्दीको कुनै औचित्य छैन हामी भन्छौं यो अबैध केन्द्रिय समिति नै असक्षम भैसक्यो। नेविसंघको नाममा होडबाजी गरि कोहि कसैले भेला बोलाउदैमा फरक पर्दैन। सकिन्छ ति असक्षम समितिका साथीहरूले राजीनामा दिनुपर्छ। महाधिवेशन पक्षधर हामीहरुले बिचमा अनशन गर्यौ आन्दोलन गर्यौ गलतलाई गलत भन्यौ ने वि संघलाई वैचारिक सुदृढीकरणको खांचो छ। यो पक्षमा हामीले खुला बहस राखेका छौ वास्तविक ने वि संघको नेतृत्व हामीले गरेका छौ। गुटबन्दी मौलाएर नेविसंघ अराजकता तिर जान लागेको संकेत गर्दछौ,’शाहीले भने ।

इतर समुहले अाफु निकट केन्द्रीय समिति सदस्यहरुकाे छुट्टै वैठक वाेलाएकाे छ । अनुपम फुडल्याण्डमा भाेलि वुधवार ११:३० वजे वैठक वालाइकाे इतर समुहका नेता केन्द्रीय सदस्य ई. भुवन भट्टले वताए । हामिले वैठकमा हाम्राे समुहवाट प्रतिनिधित्व गर्ने २२० जना केन्द्रीय सदस्यहरुलाई वाेलाएका छाै, तर नेविसंघकाे विधिवत १२अाै महाधिवेशनकाे सुनिश्चितता, अवैधानिक निर्णयहरु खारेज, भ्रष्टाचार र अनियमितता विरुद्ध सडक अान्दोलनकाे घाेषणा लगायतका हाम्रा एजेन्डा सँग सहमत सवैलाई हामिले वैठकमा उपस्थित भएर निर्णयमा सहभागी हुन अाव्हान गरेका छाैँ, नेता भट्टले भने ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?