Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

नेविसंघ इतरमा फूटः इतरकै अर्काे समूहले बाेलायाे छुट्टै भेला !


काठमाडाैं । नेविसंघ इतरमा फूट देखिएकाे छ । याे समूहले अर्काे समूहले केन्द्रीय सदस्यकाे छुट्टै भेला बाेलाएर विद्राेहकाे तयारी गरेपछि गुट स्विकार नहुने बताएकाे हाे । नेता विनाेद शाहीले केन्द्रिय समिति असक्षम भैसकेकाले भेलाको कुनै तुक नरहेकाे बताए ।

‘केन्द्रिय समितिमा बसेर गुटबन्दीको कुनै औचित्य छैन हामी भन्छौं यो अबैध केन्द्रिय समिति नै असक्षम भैसक्यो। नेविसंघको नाममा होडबाजी गरि कोहि कसैले भेला बोलाउदैमा फरक पर्दैन। सकिन्छ ति असक्षम समितिका साथीहरूले राजीनामा दिनुपर्छ। महाधिवेशन पक्षधर हामीहरुले बिचमा अनशन गर्यौ आन्दोलन गर्यौ गलतलाई गलत भन्यौ ने वि संघलाई वैचारिक सुदृढीकरणको खांचो छ। यो पक्षमा हामीले खुला बहस राखेका छौ वास्तविक ने वि संघको नेतृत्व हामीले गरेका छौ। गुटबन्दी मौलाएर नेविसंघ अराजकता तिर जान लागेको संकेत गर्दछौ,’शाहीले भने ।

इतर समुहले अाफु निकट केन्द्रीय समिति सदस्यहरुकाे छुट्टै वैठक वाेलाएकाे छ । अनुपम फुडल्याण्डमा भाेलि वुधवार ११:३० वजे वैठक वालाइकाे इतर समुहका नेता केन्द्रीय सदस्य ई. भुवन भट्टले वताए । हामिले वैठकमा हाम्राे समुहवाट प्रतिनिधित्व गर्ने २२० जना केन्द्रीय सदस्यहरुलाई वाेलाएका छाै, तर नेविसंघकाे विधिवत १२अाै महाधिवेशनकाे सुनिश्चितता, अवैधानिक निर्णयहरु खारेज, भ्रष्टाचार र अनियमितता विरुद्ध सडक अान्दोलनकाे घाेषणा लगायतका हाम्रा एजेन्डा सँग सहमत सवैलाई हामिले वैठकमा उपस्थित भएर निर्णयमा सहभागी हुन अाव्हान गरेका छाैँ, नेता भट्टले भने ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?