Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

नेविसंघ संस्थापनइतरले वाेलायाे छुट्टै भेला, विद्राेहकाे तयारी


काठमाडाैै । नेपाल विधार्थी संघ संस्थापन इतर समुहले अाफु निकट केन्द्रीय समिति सदस्यहरुकाे छुट्टै वैठक वाेलाएकाे छ । अनुपम फुडल्याण्डमा भाेलि वुधवार ११:३० वजे वैठक वालाइकाे इतर समुहका नेता केन्द्रीय सदस्य ई. भुवन भट्टले वताए । हामिले वैठकमा हाम्राे समुहवाट प्रतिनिधित्व गर्ने २२० जना केन्द्रीय सदस्यहरुलाई वाेलाएका छाै, तर ने.वि.संघकाे विधिवत १२अाै महाधिवेशनकाे सुनिश्चितता, अवैधानिक निर्णयहरु खारेज, भ्रष्टाचार र अनियमितता विरुद्ध सडक अान्दोलनकाे घाेषणा लगायतका हाम्रा एजेन्डा सँग सहमत सवैलाई हामिले वैठकमा उपस्थित भएर निर्णयमा सहभागी हुन अाव्हान गरेका छाैँ, नेता भट्टले भने ।

शेखर-गगन समुहका ने.वि.संघ केन्द्रीय सदस्यहरुकाे वैठक अाव्हान गर्दा समसामयिक विषयमा छलफल भनिएता पनि ने.वि.संघ भित्र विद्राेह गर्न केही महत्त्वपूर्ण निर्णय हरु गर्न लागिएकाे स्राेतले वताएकाे छ ।नेपाल विधार्थी संघ लामाे समय देखि तदर्थवाद वाट चलाईएकाे छ, देशभरि सवै जिल्ला क्याम्पसमा विवाद छ । एउटा व्यक्तिले केन्द्रवाट संघकाे विधिविधानकाे खिल्लि उडाएर मनाेमानि ढंगले चिठ्ठि वाडेकाे छ ।

संगठनकाे गरिमा धुमिलिदै गएकाे अाम नेता,कार्यक्ताले अाभाष गरिराखेक छन्, संगठनकाे अस्तित्व संकटमा पर्ने अवस्था अाइसक्दा पनि ने.वि.संघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा जिम्मेवार वन्नु भएन् । त्यसकारण अान्तरिक एकता, सहमतिमा संगठनलाई एउटा गति दिअाै, संगठन सुदृढीकरणमा लागाै, विवाद सामाधान गराै भन्दा अध्यक्षल स्वयं जिम्मेवारीवाट विमुख भएर विधानविपरित चिठ्ठि काट्दै रमाउनुभएकाे छ । हामी अव टुलुटुलु हेरेर वस्दैनाै, ने.वि.संघकाे गरिमा वचाउन विद्राेहकाे उद्घाेष गर्छाै, विधिविधानकाे रक्षा गर्न अध्यक्षले गरेका गलत निर्णय खारेज गर्छाै । संघलाई १२अाै महाधिवेशन यन्मुख गराउन दवाव दिन्छाै र भ्रष्टाचार, अनियमितता विरुद्ध अाफ्नै सरकारका विरुद्ध भएपनि सठकमा जान्छाै, केन्द्रीय सदस्य भट्टले भने ।

हाम्राे समूह अब टुलुटुलु हेरेर वस्दैन्, ने.वि.संघले वाेक्नुपर्ने मुद्दा अाज अाेझेलमा परेका छन्, विश्वविद्यालयमा राजनीतिक भागभण्डाकाे अन्त्य गर्नुपर्ने लगायतका मुद्धामा शसक्त रुपमा अावाज उठाउछाै, भाेलिकाे मिटिङवाट निर्णय नै गरेर अान्दाेलन घाेषणा गर्छाै, नेता भट्टले भने ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?