Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

घरेलु मदिरा उत्पादनलाई उद्योगमा रूपान्तरण गरेर ब्राण्डिङ गरौँ : मुख्यमन्त्री चौधरी


काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले घरेलु मदिरा उत्पादनलाई उद्योगमा रूपान्तरण गरेर ब्राण्डिङ गर्नुपर्ने बताएका छन् ।

त्यस्तै, बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको ११औँ वार्षिकोत्सव उद्घाटन गर्दै उनले विदेशबाट वर्षेनी अर्बौँ रकमको मदिरा आयात हुने गरेको भन्दै आयात प्रतिस्थापन गर्न घरेलु मदिरालाई उद्योगबाट उत्पादन गरी गुणस्तरीय र ब्राण्डेड बनाउनुपर्ने बताएका छन् ।

‘हामी विदेशबाट सामान आयात गरेर बेच्ने र नाफा कमाउनेमा मात्रै सीमित भयौँ, आफ्नै देशमा उत्पादन गरौँ, रोजगारी सिर्जना गरौँ भन्नेमा ध्यानै छैन’, मुख्यमन्त्री चौधरीले भने, ‘मदिराकै कुरा गर्ने हो भने नेपालमा मगर, थारु लगायत जातिले घरेलु मदिरा उत्पादन गरिरहेका छन्, त्यसको ठूलो मात्रामा कारोबार पनि भएको छ तर करको दायरामा आएको छैन ।’

त्यस्तै, घरेलु मदिरा उत्पादनलाई उद्योगमा रूपान्तरण गर्न सक्ने हो भने गाउँघरमा हजारौँ रोजगारी सिर्जना हुने र मानव स्वास्थ्यको जोखिम पनि कम हुने बताए । घरेलु मदिराको गुणस्तरमा पनि प्रश्न उठेको भन्दै उनले यसलाई उद्योगमा परिणत गर्न सके नेपालमै गुणस्तरीय उत्पादन गर्न सकिने बताए ।

मुख्यमन्त्री चौधरीले घरेलु मदिरा उत्पादनलाई उद्योगमा रूपान्तरणका लागि लुम्बिनी सरकारले निजी क्षेत्रसँग मिलेर अध्ययन गर्न ८ करोड रुपैयाँ बजेट छुट्याएको पनि बताए भने पर्यटकलाई विदेशी मदिरा नभई नेपालकै ब्राण्डेड मदिरा बेच्न सके विदेशी मुद्रा आर्जन हुने समेत बताए ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?