Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कृष्ण सिटौलासहित पूर्वमन्त्रीहरूको नाम राष्ट्रिय सभा उम्मेदवारमा सिफारिस


काठमाडौं। राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरिएको छ ।

उक्त प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकले जिल्लागत रूपमा आएका सिफारिसलाई आधार बनाइ केन्द्रीय समितिमा नाम सिफारिस गरेको हो । कोशी प्रदेश समितिले सो नामहरू सिफारिस गरेको हो ।

त्यसैगरी, सिफारिस हुनेमा संघीय सरकारमा यसअघि मन्त्री भइसकेका चारजना छन् । उक्त पार्टीका पूर्वमहामन्त्री तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा. मीनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस भएको छ ।

त्यस्तै, पूर्वसङ्घीय सांसद डिला सङ्ग्रौला, नेविसंघ पूर्वसभापति गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको पनि नाम सिफारिसमा परेका छन् ।

सो बैठकले कांग्रेसको कोशी प्रदेश सम्मेलन विराटनगरमा गर्ने निर्णय गरेको छ ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?