Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

युक्रेनको आक्रमणमा परेर रुसको युद्धपोतमा क्षति


काठमाडौं। युक्रेनले गरेको आक्रमणमा परेर रुसको एउटा युद्धपोत ब्ल्याक सीमा क्षतिग्रस्त भएको छ ।

त्यसैगरी, रुसको कब्जामा रहेको क्रिमियाको फिओडोसिया बन्दरगाहमा रहेको युद्धपोतमा युक्रेन युद्ध विमानले आक्रमण गरेको थियो भने सो आक्रमणबाट आफ्नो युद्धपोतमा क्षति पुगेको रुसले बताएको छ ।

उक्त आक्रमणमा परेर एक व्यक्तिको मृत्यु भएको रसियाद्वारा नियुक्त क्रिमियाका प्रमुख सर्गेई अक्स्योनोभले बताएका छन् । उनका अनुसार आक्रमणमा छ वटा भवनमा क्षति पुगेको छ र केही मानिसहरूलाई अस्थायी आवास केन्द्रमा लैजानुपरेको थियो । त्यस्तै, क्रिमियालाई अन्तर्राष्ट्रिय रूपमा युक्रेनको भागको रूपमा मान्यता दिइन्छ,तर यो स्थान सन् २०१४ मा रुसले कब्जा जमाएको छ ।

सो बन्दरगाह क्षेत्रमा ठूलो विष्फोट भएको भिडियोहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

 


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?