Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

युक्रेनको आक्रमणमा परेर रुसको युद्धपोतमा क्षति


काठमाडौं। युक्रेनले गरेको आक्रमणमा परेर रुसको एउटा युद्धपोत ब्ल्याक सीमा क्षतिग्रस्त भएको छ ।

त्यसैगरी, रुसको कब्जामा रहेको क्रिमियाको फिओडोसिया बन्दरगाहमा रहेको युद्धपोतमा युक्रेन युद्ध विमानले आक्रमण गरेको थियो भने सो आक्रमणबाट आफ्नो युद्धपोतमा क्षति पुगेको रुसले बताएको छ ।

उक्त आक्रमणमा परेर एक व्यक्तिको मृत्यु भएको रसियाद्वारा नियुक्त क्रिमियाका प्रमुख सर्गेई अक्स्योनोभले बताएका छन् । उनका अनुसार आक्रमणमा छ वटा भवनमा क्षति पुगेको छ र केही मानिसहरूलाई अस्थायी आवास केन्द्रमा लैजानुपरेको थियो । त्यस्तै, क्रिमियालाई अन्तर्राष्ट्रिय रूपमा युक्रेनको भागको रूपमा मान्यता दिइन्छ,तर यो स्थान सन् २०१४ मा रुसले कब्जा जमाएको छ ।

सो बन्दरगाह क्षेत्रमा ठूलो विष्फोट भएको भिडियोहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

 


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?