Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नामकरण विवादको विषयमा जनमत सङ्ग्रह गर्न नागरिक उन्मुक्ति पार्टीको माग


काठमाडाैं। नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले प्रदेशको नामको विषयमा जनमत सङ्ग्रह गर्न माग गरेको छ । प्रदेशको नामकरण पछि आन्दोलन गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले इटहरीमा भएको पत्रकार सम्मेलनमा कोशी नामका विषयमा जनमत सङ्ग्रह गर्न माग राखेको हो ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका सङ्घीय अध्यक्ष ज्ञानबहादुर गुरुङले जनमत सङ्ग्रहमा गए कोशी नाम स्वीकार नहुने दाबी गरेका छन् । उनले प्रदेशका अधिकांश नागरिक कोशी नामको विपक्षमा रहेको दाबी गरेका हुन् ।

त्यसैगरी, गुरुङले अहिले पनि नामका विरुद्धमा आन्दोलन भई रहेकाले आन्दोलनबाट हुने धन जनको क्षति रोक्न सरकार जिम्मेवार हुनुपर्ने बताए । उनले उन्मुक्ति पार्टीको महाधिवेशन पछि अझै सशक्त आन्दोलन हुने बताए । पत्रकार सम्मेलनमा सङ्घीय सह सचिव पदम अधिकारीले यो प्रदेशमा तीन वटा राष्ट्रियता भएको भन्दै त्यसैका आधारमा प्रदेशको नामकरण हुनुपर्ने बताए । यहाँ लिम्बुवान किराँत र कोचिला राष्ट्रियता छ । अधिकारीले लिम्बुवान किराँत मात्रै होइन नामकरणले कोचहरूको समेत सम्बोधन हुनु पर्ने बताए ।

उक्त उन्मुक्ति पार्टीको पुस २६, २७ र २८ गते कैलालीको टिकापुरमा नागरिक उन्मुक्ति पार्टीको एकता महाधिवेशन हुँदै छ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट फुटेर ज्ञानबहादुर गुरंगको नेतृत्वमा रहेको समूहले नागरिक उन्मुक्ति पार्टीसँग एकता गरेको थियो ।


प्रकाशित मिति: ९ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?