Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

मनाङमा नार्पाभूमिका विद्यार्थीलाई घुम्ती कक्षा


मनाङ। हिमाली जिल्ला मनाङमा हिउँद लागेसँगै चिसो छल्न बाबुआमासँगै छोराछोरी पनि अन्यत्र जाने गर्दछन् । जिल्लामा बसोबास नहुँदा यहाँका विद्यालय चार महिना पूर्णरूपमा बन्द हुने हुँदा विद्यार्थीको पठन पाठनमा समस्या हुँदै आएको छ ।
त्यसैगरी, विद्यार्थीको पढाइलाई मध्यनजर गरी नार्पाभूमि गाउँपालिकाले पहिलो पटक ‘घुम्ती कक्षा’ सञ्चालन गरेको त्यहाँका अध्यक्ष कुञ्जो तेञ्जिङ लामाले जानकारी दिएका छन् । अधिकांश विद्यार्थी काठमाडाैंमा रहेकाले पठनपाठन निरन्तर गराउने उद्देश्यले स्वयम्भूमा घुम्ती कक्षा सञ्चालन गरिएको उनले बताए ।
अध्यक्ष लामाले भने, “लामो समयसम्म विद्यार्थीले बसेर अध्ययन नगर्दा उनीहरुको भविष्यमाथि खेलबाड भएको महसुस गरी घुम्ती कक्षा सञ्चालन गरेका हौँ । चार महिना यहीँ कक्षा सञ्चालन गरी विद्यार्थीलाई पढाउने व्यवस्था गरेका छौँ । यहाँको विद्यालय बन्द हुँदा शिक्षक पनि बिदा हुने गरेका थिए, अब भने काठमाडाैंमै कक्षा सञ्चालन गरी अध्यापन गराउने व्यवस्था गरिएको छ । पहिले समग्र देशको शैक्षिकसत्रभन्दा पहिले नै अन्तिम परीक्षा सकाएर हिउँदमा तल झर्ने गरिन्थ्यो । यसले विद्यार्थीको पढाइमा असर गर्दैन थियो तर समग्र देशका विद्यालयमा एउटै शैक्षिकसत्र पालना गर्नुपर्दा हिमाली क्षेत्रका विद्यार्थीको भविष्यमा असर पुगेको आभास हुन्छ । त्यसैले उक्त कक्षा सञ्चालनमा ल्याएका हौँ ।” शिक्षालाई प्राथमिकतामा राखी बालबालिकाको भविष्य सुनिश्चितताका लागि यस्तो योजना बनाइ प्रबन्ध गरिएको अध्यक्ष लामाको भनाइ थियो ।
त्यस्तै, हिउँदमा चार महिना विद्यालय बन्द हुन्थ्यो । विद्यालय खुल्नासाथ नयाँ शैक्षिकसत्र सुरुआत हुँदा यहाँका बालबालिकालाई सहज हुन्थ्यो तर अहिले परीक्षाको नतिजाको पर्खाइमा रहने विद्यार्थी अहिले कसरी पढ्ने भन्ने ध्याउन्नमा हुने गरेकाले सहजताका लागि पालिकाले पहिलो पटक घुम्ती कक्षा सञ्चालन गरेको जनाइएको छ ।
विद्यार्थीलाई भविष्यमा देशैभरका विद्यालयसँग प्रतिस्पर्धीका रुपमा उतार्न घुम्ती कक्षाले प्रेरणा मिल्ने अपेक्षा गाउँपालिकाको छ भने मनाङमा मङ्सिरदेखि फागुनसम्म विद्यालय बन्द हुने गर्दछ ।

प्रकाशित मिति: ९ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?