Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी


चितवन। पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी थालिएको छ । देवघाटमा माघेसङ्क्रान्तिका अवसरमा स्वदेशी तथा विदेशी भक्तजन धेरै सङ्ख्यामा आउने भएकाले तयारी थालिएको हो ।

उक्त मेलामा भक्तजनको सङ्ख्या विगतको तुलनामा बढ्ने अनुमान गरिएको छ । बरालका अनुसार यस वर्षको साउन महिनाको सोमबार, सद्विज छर्ने दिन र अन्य विशेष दिनमा भक्तजन बढी आएकाले माघेसङ्क्रान्तिमा पनि बढ्ने अनुमान गरिएको हो भने गत वर्ष माघेसङ्क्रान्ति मेला भर्न तीन लाख हाराहारी भक्तजन देवघाट आएको अनुमान गरिएको थियो । उनका अनुसार यो वर्ष पाँच लाख हाराहारी भक्तजन आउने अनुमान रहेको छ ।

त्यस्तै, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार त्रिशूली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि सस्पेन्सन डिभिजन कार्यालयमा पत्राचार गरिएको छ । त्यहाँको प्राविधिक टोलीले स्थलगत अध्ययन गरिसकेको र चाँडै आवश्यक मर्मतसम्भार गर्ने उनले जानकारी दिए । यसैअनुरुप आवश्यक सुरक्षा, धुनी, ट्राफिक व्यवस्थापन, पार्किङ, सरसफाइ, बत्ती, शौचालय, खानेपानीलगायत व्यवस्थापनका लागि गृहकार्य भइरहेको छ भने सो नदीमा हुनसक्ने दुर्घटनाको पूर्वतयारीका लागि सशस्त्र प्रहरीलगायतका सुरक्षा निकायका अङ्ग परिचालन हुँदै छ ।

देवघाट कालीगण्डकी र त्रिशूलीको सङ्गममा रहेको छ भने एकातर्फ कालीगण्डकी अर्कातर्फ त्रिशूली नदी प्रवाहित भएर यी दुईको सङ्गमस्थल नै देवघाट हो । यहाँ माघेसङ्क्रान्तिमा देवता पनि स्नान गर्न आउँछन् भन्ने किंवदन्ती रहेको र स्नान गरेमा मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ ।


प्रकाशित मिति: ९ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?