Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

नेफ्स्कूनको अध्यक्षमा ढकाल निर्वाचित


काठमाडाैं। देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।

यही पुस ७ र ८ गते सम्पन्न निर्वाचनमा एक हजार १९६ मत प्राप्त गरी उनी अध्यक्षमा विजयी भएका हुन् भने उनका प्रत्यासी परितोष पौडेलले एक हजार १९ मत प्राप्त गरेका छन् । त्यस्तियो, वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी , महासचिवमा घनश्याम अधिकारी कोषाध्यक्षमा दिपक थापा निर्वाचित भएका छन् ।

त्यसैगरी, सञ्चालक खुलामा देवकुमार श्रेष्ठ, सुशीलकुमार बस्न्यात, शालिकराम ढकाल, लेखा सुपरीवेक्षण समिति संयोजकमा इन्द्रराज ज्योति पौडेल, सदस्यद्वयमा हेमराज विष्ट र दुर्गा तिवारी सञ्जेल निर्वाचित भएका छन्।

सञ्चालक महिलामा सीता ढकाल पौडेल, मन्दरा मिश्र, कमलादेवी गिरी, लक्ष्मी सापकोटा (कोशी), शोभाकुमारी राउत (मधेश), खेमराज सुवेदी (बागमती), गोपालप्रसाद गौतम (गण्डकी), ज्ञानु पौडेल,नेफ्स्कूनको अध्यक्षमा ढकाल निर्वाचित (लुम्बिनी), वीरबहादुर राउत भोट (कर्णाली), दिप्ती शाही (सुदूरपश्चिम) विजयी भएका छन् ।

त्यस्तै, गए राति सम्पन्न मतदानमा कूल दुई हजार ६३३ मतदातामध्ये दुई हजार २०० मतदाताले मतदान गरेका थिए ।


प्रकाशित मिति: ९ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?