Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

सुदुरपश्चिम लगानी सम्मेलनबारे मुख्यमन्त्रीसहितको टोली र सांसद चौधरीबीच छलफल


काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे मुख्यमन्त्रीसहितको टोलीले नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीसँग छलफल गरेको छ । लगानी सम्मेलनलाई सफल बनाउन मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजना मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेश शाहीलगायतको टोलीले आइतबार काठमाडौंमा कांग्रेस नेता चौधरीसँग छलफल गरेको हो ।

मुख्ममन्त्री शाहले लगानी सम्मेलनका बारेमा जानकारी गराउँदै सुदूरपश्चिममा लगानीका लागि चौधरीलाई आग्रह गरे । उनले लगानीका लागि आवश्यक वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए । “सुदूरपश्चिममा लगानी गर्दा फाइदा हुन्छ र भन्ने सोच उद्योगी व्यापारीमा पायौं । यति मात्रै होइन, बैंकहरुले पनि लगानी गर्न चाहिरहेका छैनन्,’ उनले भने, ‘लगानी भित्राउन प्रदेश सरकारले गर्नुपर्ने सबै सहयोग गर्न तयार छौं । बाटो, पानी, बिजुली र जग्गा उपलब्ध गराउँछौं । त्यसका लागि तपाईबाट पनि प्रत्यक्ष संलग्नताको अपेक्षा गरेका छौं ।’

उनले संघीय सरकारले आवश्यक कानुन निर्माण नगरिदिँदा प्रदेश सरकारलाई काम गर्न केहि कठिनाई भएपनि प्रदेश सरकारकातर्फ उद्योगी व्यापारीलाई लगानी गर्न कुनै अफ्ठ्यारो नपार्ने प्रतिवद्धता जनाए । ‘हामी अधिकारका लागि संघीय सरकारसँग लडिरहेकै छौं । जसरी हुन्छ संविधानले दिएको अधिकार प्रदेशले पाउन हामी निरन्तर संघसँग संवादमा छांैं, उनले थपे, ‘तपाईले व्यक्तिगत र अन्य देशभित्र र बाहरिका लगानीकर्तालाई सुदूरपश्चिममा लगानीका लागि आकर्षित गर्न सहयोग गरिदिनुस् ।’

कांग्रेस नेता एवं उद्योगपति चौधरीले सुदूरपश्चिम अत्यन्तै सम्भावना बोकेको क्षेत्र भएपनि सरकारकै कारण पछाडि पारिएको बताए । उनले लगानी सम्मेलनबाट लगानी आकर्षित हुने गरी प्रष्ट दृष्टिकोण र नीति ल्याउन सरकारलाई आग्रह गरे । ‘सुदूरपश्चिमलाई विशेष आर्थिक जोनका रुपमा विकास गर्न सकिन्छ, त्यो कुरा तपाईहरुले बनाउने नीतिमा भर पर्छ, कुनै पनि व्यापारीले किन सुदूरपश्चिममा लगानी गर्ने भन्ने कुरा सरकारले बनाउने नीतिले तय गर्छ,’ उनको सुझाव थियो, ‘त्यहाँको सम्भावना के हुन्, त्यसका लागि प्रदेश सरकारले कस्तो सहुलियत दिन्छ भन्ने कुराले नै लगानीको वातावरण बनाउने हो । बाहिरी मुलुकको पनि अध्ययन गर्नूस् र एउटा स्पष्ट नीति बनाउनूस् ।’

उनले जडिबुटी, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रमा ध्यान दिन मुख्यमन्त्रीसहितको टोलीलाई आग्रह गरे । आफ्नो पनि रोजाईमा सुदूरपश्चिम प्रदेश रहेकाले त्यसका लागि सरकारको नीति पर्खिरहेको सांसद चौधरीले बताए । प्रदेश सरकारका भौतिक योजना मन्त्री प्रकाश देउवाले लगानीकर्ताका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको जनाए । उनले अन्तर्राष्टिय रुपमै ख्यातिप्राप्त व्यक्ति चौधरीलाई सम्मेलनमा विदेशी लगानीकर्ता ल्याउन सहजीकरण गरिदिन आग्रह गरे ।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?