Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

‘भ्वाइस अफ नेपाल’मा अन्तिम आठ प्रतिस्पर्धी छनोट, बाहिरिए प्रशान्त र अश्विन


काठमाडौं। ‘भ्वाइस अफ नेपाल’को सिजन ५ मा अन्तिम आठको समीकरण तयार भएको छ । पछिल्लो सप्ताहन्तका एपिसोडबाट प्रशान्त शिवाकोटी र अश्विन राई प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

पछिल्लो साताको भोटिङमा कम मत ल्याएपछि प्रशान्त र अश्विन बाहिरिएका हुन् भने अन्तिम आठमा छनोट भएकाहरुको भोटिङ खुला भएको जनाइएको छ । लाइभ राउण्ड निकै रोमाञ्चक देखिएको छ ।

त्यस्तै, अन्तिम आठमा कोच प्रमोद खरेलको समूहबाट तेन्जिङ डोल्मा गुरुङ र नोगेन लिम्बु, कोच मिलन नेवारको टीमबाट विनोद राई र ट्रिजा प्रधान, कोच राजेशपायल राईको टीमबाट मकरबहादुर योञ्जन र मोनिका राई, कोच उदय सोताङको टीमबाट कुमार प्रयास र विवेक बस्नेत पुगेका छन् ।

त्यस्तै, चार फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् भने भ्वाइस अफ नेपाल हिमालय टिभी एचडीबाट शुक्रबार र शनिबार बेलुका ८ बजे प्रसारण हुँदै आएको छ ।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?