Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

बगरखेती गर्ने किसानलाई पालिकाको अनुदान


मनहरी,मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाले बगरखेती गर्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अनुसार बगरमा खेती गर्ने किसानलाई अनुदान दिने भएको हो ।

उक्त गाउँपालिकाले ९५ बिघा जमिनमा एक लाख ७५ हजार अनुदान रकम उपलब्ध गराउने भएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताए। उनका अनुसार पालिकाले गत शुक्रबार बगरखेती कार्यक्रमका लागि प्रस्तावना आह्वानको सूचना प्रकाशित गरेको हो भने कृषि व्यवसायमा संलग्न भई खेती गर्न इच्छुक किसान, समूह, कृषि सहकारी संस्था, फारममार्फत एक साताभित्र दरखास्त आह्वान गर्न सकिने पालिकाले जनाएको छ ।

त्यस्तै, अनुदानका लागि संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, कृषि व्यवसाय गर्ने अनुसूची अनुसारको प्रस्तावना, जग्गाको क्षेत्रफल र स्वामित्व वा हकभोग खुल्ने प्रमाणपत्र प्रतिलिपि, प्रतिबद्धता पत्र, आयोजनासम्बन्धी अन्य कागजात माग गरिएको अध्यक्ष लामिछानेले बताए । उनका अनुसार अनुदान वितरण प्रक्रिया प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरित कृषि विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०८० अनुसार गरिने छ ।

आयआर्जनमा विकास गर्ने लक्ष्यसहित बगर खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइएको अध्यक्ष लामिछानेले बताए । “हेटौँडा बजारबाट गाउँमा आउने दैनिक उपभोग्य सामग्री न्यूनीकरण गर्दै जान्छौँ । अब विस्तारै गाउँबाट सहरमा तरकारी पठाउने लक्ष्यका साथ काम गरेका छौँ”, उनले भने ।

त्यसैगरी, हिउँदमा खेर गइरहेको बगरको जग्गामा तरबुजा, काँक्रो, लौका र फलफुलका बिरुवा लगाउन सके बगरको जग्गा उपयोग पनि हुने र त्यहाँबाट उत्पादन भएको तरकारी फलफूलमार्फत किसानलाई आयआर्जन पनि हुने लामिछानेले बताए ।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?