Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

निकुञ्जका चार भाले हात्ती बने सबैभन्दा बढी आक्रामक


चितवन। चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चारवटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन् । निकुञ्जमा रहेका ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीले निकुञ्ज र आसपासका बस्तीमा त्रास बढाएका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा रहेका यी हात्तीमध्ये ध्रुवेले जगतपुर, माडी र निकुञ्जको पश्चिम क्षेत्रमा त्रास बढाएको छ । गोविन्दे, रोनाल्डो र मकुनाले पूर्वी क्षेत्रमा त्रास बढाएको उनले बताए ।

उक्त निकुञ्जमा रहेका भाले हात्तीको सक्रियता बढेसँगै निकुञ्ज प्रशासनले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । उनले भने, “जङ्गली हात्ती समुदायमा पस्ने र फर्कने क्रम जारी छ । सबै सजग रहनुहोला ।”

अहिले समुदायमा पस्ने, टहरा भत्काउने, अन्नबाली नष्ट गर्ने लगायतका काम गरिरहेको भन्दै तिवारीले निकुञ्ज आसपासका बस्तीका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको बताए । समय समयमा यी हात्ती बस्ती पस्ने गरेको भन्दै उनले सबै सजग भइरहन र सामुदायिक वन क्षेत्रमा घाँस दाउरा गर्न जाँदासमेत सजगता अपनाउन अनुरोध गरिएको बताएका छन् ।

त्यसैगरी, एक्लै भएका बेला यी हात्तीले समुदायमा पसेर मानवीय क्षति गर्न सक्ने भएको भन्दै सूचना अधिकारी तिवारीले हात्ती देखिएमा निकुञ्ज प्रशासन वा नजिकैको सुरक्षा पोष्टमा खबर गर्न समेत अनुरोध गरिएको जानकारी दिए ।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?