Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

व्यवस्थित बन्दै परशुराम नगरपालिका


डडेलधुरा। डडेल्धुराको परशुराम नगरपालिका व्यवस्थित बनिरहेको छ । सडक विस्तारसँगै भित्री मधेसको सदरमुकामसमेत रहेको पर्शुराम नगरपालिकाको लालढुङ्गा बजारलाई सौन्दर्य र व्यवस्थापन गरी व्यवस्थित सहर बनाउन लागिएको हो ।

व्यवस्थित परशुराम अभियानका साथ लालढुङ्गा बजार विस्तार तथा सौन्दर्यकरण गर्न थालिएपछि भित्रीमधेस क्षेत्रको आकर्षण र महत्व रहेको नगरपालिका व्यवस्थित सहर बनिरहेको हो । परशुराम नगरपालिका व्यवस्थित तथा सुन्दर बनाउने अभियानअन्तर्गत सडक विस्तार र कालोपत्र, ढल निकास, सडक सञ्जालीकरण, सिसी क्यामेरा जडान, पैदलमार्ग निर्माण, सडकबत्ती जडानलगायत सहर सौन्दर्यकरण गर्न थालिएको परशुरामका नगरप्रमुख भरत जोशीले जानकारी दिए ।

त्यसैगरी, डडेल्धुरा जिल्लाको भित्रीमधेसमा रहेको जिल्लाकै ठूलो नगरपालिका परशुरामले व्यवस्थित तथा सुन्दर पालिका बनाउने अभियानअन्तर्गत पहिलो चरणमा पालिका सदरमुकाम लालढुङ्गा बजारमा सडक विस्तारको कार्य अघि वढाएको छ । उक्त पालिकाले सौन्दर्य र आकर्षक सडक बनाउन पहल सुरु गरी व्यवस्थित पालिका बनाउने अभियानका लागि सहरी विकास आयोजना अन्तर्गत करिब रु ४० करोडको ठेक्का पारित गराई सडक चौडा बनाउन सुरु भएको छ ।

सो ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पनि समयमै तोकिएको गुणस्तरमा काम सम्पन्न गर्नेगरी योजनाबद्धरुपमा कामको सुरुवात गरेको नगरप्रमुख जोशीले जानकारी दिए । सडकबत्ती, सिसी क्यामरा जडान, बगैँचा र उद्यान, फूलबारी निर्माण, पैदलमार्ग निर्माण, अन्य धार्मिक गन्तव्यसँग जोड्ने काम पनि व्यवस्थित गरिने नगरपालिकाले जनाएको छ । त्यस्तै, भित्रीमधेस क्षेत्रमा रहेका धार्मिकस्थल र पर्यटकीय गन्तव्य बनाउनका लागि बजार र यस क्षेत्रलाई नै व्यवस्थित गरी लैजान लागिएको परशुराम नगरपालिकाले जनाएको छ ।

त्यसैगरी, परशुरामधाम, आलिताल, महाकाली नदी यसक्षेत्रका प्रमुख गन्तव्य हुन् भने पुन्तुरा नदी, रगुनदी, धार्मिक मन्दिर र अन्य आकर्षकस्थलसमेत व्यवस्थित गरी नगरपालिकामा धार्मिक पर्यटक र अन्य मानिसका सुविधाका लागि व्यवस्थित बसोबासको आवश्कता रहेको । पहिलो चरणमा लालढुङ्गा बजार, द्वारिका चोक, त्रिवेणी क्याम्पस हुँदै सिमलखेत जाने बाटोको पुन्तुरानदीसम्म व्यवस्थित तथा पक्की सडक सञ्जाल बनाउने काम सुरू भएको छ ।

यो काम तोकिएको गुणस्तरमा सम्भवतः वैशाखभित्रै सम्पन्न हुने विश्वास लिएको नगरप्रमुख जोशीले बताए ।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?