Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

निलम्बन फुकुवा माग गर्दै एमालेका सांसद कोइरीले दिए निवेदन


काठमाडौं। नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफ्नो निलम्बन फुकुवा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् ।

मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार रहेका कारण महोत्तरी–१ बाट निर्वाचित कोइरी हाल निलम्बित अवस्थामा छन् । त्यसैगरी, २८ मंसिरमा महोत्तरी जिल्ला अदालतले थमन बिक हत्याको मुद्दामा सफाइ दिएपछि सांसद कोइरीले आफ्नो निलम्बन फुकुवा गर्न र अहिलेसम्मको सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा पत्र लेखेका छन् ।

संघीय संसदका कार्यबाहक महासचिव पदमप्रसाद पाण्डेयले सांसद कोइरीको पत्र प्राप्त भएको पुष्टि गरे । ‘पत्र प्राप्त भएको छ, निर्णयको प्रक्रियामा छ’, उनले भने ।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?