Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

आजदेखि सुरु भयो सबै उच्च अदालत र इजलासमा स्वचालित पेसी


काठमाडौं। आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली सुरु भएको छ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले पाटन उच्च अदालतबाट एक कार्यक्रमबीच त्यसको शुभारम्भ गरेका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रुपमा मुद्दाको पेसी तोक्ने प्रणाली सुरु गराएका थिए । त्यसबाट सकारात्मक नतिजा देखिएको भन्दै श्रेष्ठले सबै उच्च अदालतहरुमा यो प्रणाली लागू गर्न परिपत्र गराएका थिए ।

यसअघि गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था गरिएको थियो भने तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेसी प्रणाली लागू गर्न सुझाव दिएको थियो ।

स्वचालित पेसी व्यवस्थापन भएपछि के हुन्छ ?

कर्मचारीहरूले आफ्नो इच्छा अनुसार तारिख तोक्ने हालको पद्दति हट्छ । स्वचालित रुपमा तारिख दिइन्छ भने मुद्दाको प्रकृति र प्राथमिकताका तारिख मिति स्वचालित रुपमा निर्धारण हुन्छ ।

यसअघि तारिख तोक्दा कर्मचारीले तजविजी गर्ने र आफुखुसी तोक्ने गुनासो थियो भने अब त्यो हट्ने विश्वास रहेको छ ।

 


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?