Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

राममन्दिरको प्राणप्रतिष्ठामा नेपालबाट उपहार पठाइँदै


जनकपुरधाम। भारतको अयोध्यामा आगामी माघ ८ गते हुने ‘श्रीराम मन्दिरमा प्राण प्रतिष्ठा’का अवसरमा नेपालबाट जनकपुरधाम–अयोध्याधाम यात्रासहित उपहार पठाइने भएको छ ।

जानकी मन्दिरको अगुवाइमा जनकपुरधामबाट अयोध्यासम्म विशेष यात्रासहित यहाँको उपहार पठाइन लागेको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिएका छन् । सो उपहारमा विभिन्न प्रकारका आभुषण, भाँडावर्तन, समावेश गरिनेछ ।

उनका अनुसार माघ ६ गते अयोध्यामा राम जन्मभूमि राममन्दिर ट्रष्टलाई उपहार हस्तान्तरण गर्ने योजनासहित माघ ४ गते जनकपुरबाट यात्रा प्रारम्भ हुनेछ भने जनकपुरधामबाट जलेश्वरनाथ, मलङ्गवा, सिम्रौनगढ, गढीमाई, वीरगञ्ज हुँदै भारतको बेतिया, कुशीनगर, सिद्धार्थनगर गोरखपुरसम्म विधिन्न धार्मिकस्थलको दर्शन गर्दै अयोध्या पुग्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी सहमहन्थ दासको नेतृत्वमा उपहार यात्राका मूल समारोह समितिसमेत गठन गरिएको छ । उक्त समितिको संरक्षकका रूपमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह रहनेछन् ।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?