Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण


बनियानी,झापा। झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सहजताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो भने यो ट्रस ब्रिज रु ३३ लाख ७५ हजार आठ सय ७१ को लागतमा निर्माण भएको हो ।

त्यस्तै, पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको दोमुखामा पर्यटक लक्ष्यित सडकलगायत पूर्वाधार निर्माण भइरहेका छन् । यहाँ नगरपालिकासँगै प्रदेश र सङ्घीय सरकारले पुल,सडकलगायत अन्य भौतिक पूर्वाधार निर्माणमा लगानी गरेका छन् ।

सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत रु २८ लाख ६९ हजार चार सय ९०, शिवसताक्षी नगरपालिकाको रु चार लाख ३८ हजार आठ सय ६३ र जनसहभागिता रु ६७ हजार पाँच सय १७ रहेको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिएका छन् । चौबिस मिटर लामो ट्रस ब्रिज निर्माणमा प्राविधिक सहयोग सहारा नेपालले प्रदान गरेको उनले बताए ।

त्यसैगरी, ट्रस ब्रिज निर्माणपश्चात् दोमुखमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुने अपेक्षा गरिएको उनले बताएका छन् ।

 


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?