Trending
>>   आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र विश्वसनीयः अर्थमन्त्री पौडेल >>   धुम्रपान र मद्यपानको विज्ञापनमा कडाई आवश्यकः अध्यक्ष दाहाल >>   संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः अध्यक्ष केसी >>   बजेटमा प्रश्तावित राजश्व वृद्धिको लक्ष्य पूरा हुन्छः अर्थमन्त्री पौडेल >>   संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष परियार >>   सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः अध्यक्ष लिङदेन >>   आम जनताको नभई ‘थैली शाह’ वर्गको बजेट आयोः अध्यक्ष केसी >>   सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको कारोबारसम्बन्धी स्पष्ट नीति, निर्देशिका अविलम्व जारी गर्न माग >>   जनसरोकारका विषयमा छलफलको वातावरण बनाउन सांसद बस्नेतको आग्रह >>   बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेः सांसद ज्वाला
Logo
२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश


काठमाडौँ । निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ । प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले सो प्रतिवेदन शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवम् स्थायित्वको एउटा आधार हो भन्नुभयो । उहाँले निर्वाचनकै माध्यमबाट जनताले लोकतान्त्रिक हक अधिकारको प्राप्ति र उपयोग गर्न सक्ने हुँदा आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो भन्ने मलाई लाग्दछ भन्नुभयो ।

संविधान तथा कानुनले प्रदान गरेको जिम्मेवारीलाई निर्वाह गर्ने क्रममा आयोगले खेलेको भूमिकाप्रति राष्ट्रपति पौडेलले खुशी व्यक्त गर्नुभयो । आयोगले आफ्नो संवैधानिक दायित्व पुरा गर्ने सन्दर्भमा आफूले गरेका काम कार्यवाहीहरु समेटेर पेश गरेको प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयहरुलाई नेपाल सरकारले प्रभावकारी रुपमा संवोधन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?