Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

महिला उद्यमीका वस्तु बजारीकरण गर्न प्रदर्शनी गरिने


राँझा,बाँके। महिला उद्यमीद्वारा उत्पादित वस्तुलाई बजारीकरण गर्न नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी गरिने भएको छ । महिला उद्यमी सङ्घ नेपाल बाँके शाखाले महिला उद्यमीलाई प्रोत्साहन गर्न यही पुस २४ गतेदेखि प्रदर्शनी आयोजना गर्न लागेको सङ्घकी अध्यक्ष सावित्रा बस्नेतले जानकारी दिएकि छन्।

“हामी तयारीमा जुटिरहेका छौँ । विगतमा जस्तै यसपटक पनि ग्रामीणस्तरमा उत्पादित वस्तु र व्यवसायलाई प्रवर्धन गर्ने हाम्रो उद्देश्य रहेको छ”, उनले भनिन्, “प्रदर्शनीलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरेर सबैले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको ।” यस सङ्घले एक दशकदेखि महिलालाई उद्यममा प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गर्दै आएको प्रथम उपाध्यक्ष रेवती सिंहले जानकारी दिइन् ।

त्यस्तै, महिलाले गाउँघरमा उत्पादन गरेका खाद्य वस्तु, लत्ताकपडा, सामग्री, उत्पादनको बजारीकरणमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीले टेवा पुर्‍याएको उपाध्यक्ष सिंहले बताएकि छन् ।


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?