Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

महिला उद्यमीका वस्तु बजारीकरण गर्न प्रदर्शनी गरिने


राँझा,बाँके। महिला उद्यमीद्वारा उत्पादित वस्तुलाई बजारीकरण गर्न नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी गरिने भएको छ । महिला उद्यमी सङ्घ नेपाल बाँके शाखाले महिला उद्यमीलाई प्रोत्साहन गर्न यही पुस २४ गतेदेखि प्रदर्शनी आयोजना गर्न लागेको सङ्घकी अध्यक्ष सावित्रा बस्नेतले जानकारी दिएकि छन्।

“हामी तयारीमा जुटिरहेका छौँ । विगतमा जस्तै यसपटक पनि ग्रामीणस्तरमा उत्पादित वस्तु र व्यवसायलाई प्रवर्धन गर्ने हाम्रो उद्देश्य रहेको छ”, उनले भनिन्, “प्रदर्शनीलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरेर सबैले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको ।” यस सङ्घले एक दशकदेखि महिलालाई उद्यममा प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गर्दै आएको प्रथम उपाध्यक्ष रेवती सिंहले जानकारी दिइन् ।

त्यस्तै, महिलाले गाउँघरमा उत्पादन गरेका खाद्य वस्तु, लत्ताकपडा, सामग्री, उत्पादनको बजारीकरणमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीले टेवा पुर्‍याएको उपाध्यक्ष सिंहले बताएकि छन् ।


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?