Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

 पुराना दलका नेताहरूको कारण युवाहरू विदेशिन बाध्य भएका छन् : रवि लामिछाने


काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलका नेताहरूको कारण युवाहरू विदेशिन बाध्य भएको आरोप लगाएका छन् ।

स्याङ्जामा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले भने, ‘हामी मिसन ०८४ मा छौँ । हामीले व्यक्तिगत लाभको लागि नेता छान्ने होइन । तपाईँहरूले नै योग्य मान्छेलाई छानेर पढाउने हो । टोलटोलमा पैसाको बिटो बोकेर हिँड्ने, विदेशमा भएकाहरूको भोट पनि आफैँ हाल्न लगाउनेलाई रास्वपाले टिकट दिँदैन । यहाँबाट चुनाव जितेका नेताहरूको सात पुस्ताले जिते तपाईँहरूको साता पुस्ताले हार्नुभयो । हामी निरन्तर हार्‍यौँ । त्यसको नतिजा विमानस्थलबाट दिनदिनै बाहिरिनेहरूको तातीले बतायो । त्यो जनताले हारेको संकेत हो ।

उनले अर्थतन्त्र र रोजगारीमा देखेको विकृत्तिले नै अहिलेको सङ्कट आएको बताएका छन् ।

उनले भने, हरेक ठेक्कामा आफन्तवाद, नातावाद र कृपावाद नेताका छोरा छोरी नातानातिना जो चप्पल पड्काएर आएका थिए तिनीहरूको पाँच तारे होटेलमा ठुला व्यापारीले झैँ विवाह, व्रतबन्ध भोज भतेर गर्न सक्ने भए जनता आफ्नो उपचार गर्नको लागि घरबार बेचेर छोराछोरी विदेश पठाउने भए यही हो जनता हारेको चुनावको परिणाम। यस्तो हुँदा पनि हाम्रो चेत खुलेको छैन ।

उनले आफ्नो पार्टीमा राम्रो टिम भएकाले काम गर्न सक्ने विश्वास समेत गरेका छन् ।

उनले भने, ‘तीनको वषौँदेखि कति तलब थाप्छन् मैले अहिले ८र९ महिनामा थाप्दा थाहा पाइसकेको छु । त्यति तलबले त केही हुँदैन तीनको महल कसरी ठडियो म आश्चर्यचकित परेको छु । मैले तिनीहरूको हिसाब किताब निकाल्ने अठोट गरेर आएको छु ।’

त्यस्तै, आफ्नो छोराछोरी, नातानातिनी विदेशिन पर्दा समेत त्यही पुराना दलका नेताहरूलाई नै जनताले किन भोट किन हालिरहेका छन् बुझ्न नसकेको उनको भनाइ थियो ।


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?