Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

प्रहरी कुटाईबाट एक जना स्थानीयको निधन भएपछि धनुषाको हँसपुर तनावग्रस्त


काठमाडाैं। प्रहरी कुटाईबाट एक जना स्थानीयको निधन भएपछि धनुषाको हँसपुर-५ सुगा निकासस्थित ईलाका प्रहरी कार्यालय तनावग्रस्त बनेको छ । स्थानीय र प्रहरीबीचको झडपमा प्रहरीको गोली लागेर थप दुई जना घाइते भएका छन् ।

त्यस्तै, घाइते हुनेमा स्थानीय ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारीको रहेका छन् । दुवैको हातमा गोली लागेको छ भने दुवै जनाको प्रादेशीक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको पिटाईबाट मण्डलको संवेदनशिल अंगमा चोट लाग्न गई निधन भएको स्थानीयको आरोप रहेको छ ।

प्रहरी सई तुलानन्द ठाकुरको कुटाईबाट स्थानीय दिपा मण्डलाको निधन भएपछि आक्रोसित गाउँवासीहरू प्रहरी चौकी घेराउ गरेको छ भने भिड नियन्त्रण गर्न प्रहरीले हवाई फायर समेत गरेको जनाइएको छ ।

 


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?