Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

प्रहरी कुटाईबाट एक जना स्थानीयको निधन भएपछि धनुषाको हँसपुर तनावग्रस्त


काठमाडाैं। प्रहरी कुटाईबाट एक जना स्थानीयको निधन भएपछि धनुषाको हँसपुर-५ सुगा निकासस्थित ईलाका प्रहरी कार्यालय तनावग्रस्त बनेको छ । स्थानीय र प्रहरीबीचको झडपमा प्रहरीको गोली लागेर थप दुई जना घाइते भएका छन् ।

त्यस्तै, घाइते हुनेमा स्थानीय ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारीको रहेका छन् । दुवैको हातमा गोली लागेको छ भने दुवै जनाको प्रादेशीक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको पिटाईबाट मण्डलको संवेदनशिल अंगमा चोट लाग्न गई निधन भएको स्थानीयको आरोप रहेको छ ।

प्रहरी सई तुलानन्द ठाकुरको कुटाईबाट स्थानीय दिपा मण्डलाको निधन भएपछि आक्रोसित गाउँवासीहरू प्रहरी चौकी घेराउ गरेको छ भने भिड नियन्त्रण गर्न प्रहरीले हवाई फायर समेत गरेको जनाइएको छ ।

 


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?