Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल


काठमाडाैं। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि आज विज्ञसँग छलफल गरेको छ ।

राष्ट्रियसभाबाट पारित भएको सो विधेयकलाई थप समृद्ध बनाउन उच्च शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरूलाई समितिले छलफलमा बोलाएको हो । उच्च शिक्षामा देखिएका चुनौतीलाई सम्बोधन गर्न ल्याइएको उक्त अवधारणालाई विज्ञहरूले सकारात्मकरुपमा लिए पनि सञ्चालनमा गुणस्तरीयता, स्वायत्तता र विज्ञतालाई प्रश्रय दिन सुझाव दिएका छन् ।

त्यस्तै, मुलुकमा हालसम्म अध्ययन अध्यापन नभएका बहुविधागत प्रकृतिका विषयहरू समेटेर प्राज्ञिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले स्वायत्त खालको सार्वजनिक विश्वविद्यालयका रूपमा अघि बढाउन उक्त विश्वविद्यालय स्थापना हुन लागेको विश्वविद्यालयको पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष डा. अर्जुन कार्कीले बताएका छन् ।

उक्त विश्वविद्यालयमा भर्ना हुने दलित, सीमान्तकृत, अपाङगता भएका र आर्थिकरूपले विपन्न विद्यार्थीका लागि उच्च शिक्षा निःशुल्क हुने व्यवस्थाका लागि विधेयकमा व्यवस्था गरिएको छ । प्राप्त सुझावका आधारमा विधेयकलाई पारित गर्ने समितिका सभापति भानुभक्त जोशीले जानकारी दिएका छन।

त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा भएको बैठकमा विकास समितिका सदस्य डा. सूर्यराज आचार्य र डा. अमिना सिंहले प्रस्तावित विश्वविद्यालय मौलिक र सामयिक भएको बताए ।

 


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?