Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

कोरियन भाषा परीक्षामा पर्‍यो अहिलेसम्मकै धेरै आवेदन


काठमाडाैं। कोरियन भाषा परीक्षा (इपीएस) को लागि यसपटक अहिलेसम्मकै धेरै आवेदन परेको छ । आज शुक्रबार अहिलेसम्म एक लाख २५ हजारभन्दा धेरैले फारम भरेको वैदेशिक रोजगार विभागका इपिएस शाखाले जनाएको छ ।

गत साउनमा पानी जहाज निर्माणसम्बन्धी कामको लागि इपिएस परीक्षा भएको थियो । यसमा आवेदन दिएर अनुत्तीर्ण भएकाहरूलाई यस पटकको परीक्षामा सामेल नगर्ने गरी आवेदन खुलाइएको थियो । त्यसबेला अनुत्तीर्ण भएका १८ जना उच्च अदालतमा यो निर्णय विरुद्ध गएका थिए । अदालतले सो समय अनुत्तीर्ण भएकाहरूले पनि यस पटकको भाषा परीक्षामा सहभागिता जनाउन पाउने निर्णय गरेको थियो ।

त्यसैगरी, पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएकोमा शुक्रबार बेलुका १२ बजेसम्म आवेदन दिन सकिने व्यवस्था छ भने अनलाइन प्रणालीबाट फारम भर्ने सुविधा आएयताकै उच्च आवेदन परेको इपिएस शाखाले उल्लेख गरेको छ। तीन वर्षयता अनलाइनमार्फत इपिसको फारम भर्न सकिने सुविधा उपलब्ध भएको हो ।

रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा पास गर्नुपर्छ। दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ । जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो संख्यामा आवेदन खुलाएको हो ।

उक्त क्षेत्रको लागि हाल खोलिएको आवेदनको परीक्षा मिति भने तोकिसकिएको छैन ।


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?