Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

राष्ट्रिय सभा उम्मेदवारको नाम एक साताभित्र सिफारिस गर्न माओवादी केन्द्रले दियो निर्देशन


काठमाडाैं। नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभाका उम्मेदवारहरूको नाम एक साताभित्र पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । पदाधिकारी बैठकपछि संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम सिफारिस गर्नको लागि सर्कुलर पठाएको हो ।

सो सर्कुलरमा भनिएको छ, ‘राष्ट्रियसभा निर्वाचनको लागि सबै प्रदेशहरू एवं ज.व.-मोर्चाहरूले समूह अनुसार संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा तीनजनासम्म प्रस्तावित उम्मेदवारको नाम एक हप्ताभित्र केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउनू ।’

त्यस्तै, आगामी माघ ११ गते हुने निर्वाचनलाई पुस २३ गते उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगको कार्यसूची छ भने माओवादीले राष्ट्रियसभामा निर्वाचनमा गठबन्धनबाट चुनाव लड्ने तयारी गरेको छ ।

यद्यपि, २० सीटमा हुने निर्वाचनमा अहिलेसम्म गठबन्धनमा भागबण्डा मिलिसकेको छैन ।


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?