Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

वैदेशिक सहायतालाई राष्ट्रिय आवश्यकताको आधारमा प्रयोग गर्नुपर्ने छ : सभामुख घिमिरे


काठमाडाैं। सभामुख देवराज घिमिरेले, वैदेशिक सहायतालाई राष्ट्रिय आवश्यकताको आधारमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडाैंमा आयोजित वैदेशिक सहायताको प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले, वैदेशिक सहायतालाई ठिक ढङ्गबाट सदुपयोग गरेर राष्ट्रलाई आत्मनिर्भर बनाउने, आर्थिक क्षेत्रमा आएका अप्ठ्याराहरू हिसाबले देखिएका पछौटेपनलाई विकास गर्ने हिसाबले प्रयोग गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘वैदेशिक सहायता भनेको त्यसको अपेक्षतामा हेर्नुपर्छ र त्यसको उपयोग हाम्रो आवश्यकताको आधारमा कत्तिको भइरहेको छ । त्यसलाई परिणाममा पुर्‍याउनका लागि कुन कुन ठाउँमा केके काम गर्नुपर्छ । विगतका प्रणालीमा भएका अनुभवहरू र अहिलेका चुनौतीहरूलाई हेरेर वैदेशिक सहायतालाई कसरी प्रयोग गर्ने भन्ने कुरा महत्त्वपूर्ण छ ।’

त्यसैगरी, वैदेशिक सहायतालाई त्यसको अपेक्षतामा हेर्नुपर्ने भन्दै त्यसको उपयोग आवश्यकताको आधारमा कत्तिको भएको छ भन्ने कुराको अनुसन्धान गर्नुपर्ने उनको भनाई रहेको छ ।

उनले भने, ‘राष्ट्रलाई विदेशी सहयोग आर्थिक मात्र नभएर अन्य पनि हुने गर्छ । यी सहयोगहरूलाई ठिक ढङ्गबाट सदुपयोग गरेर राष्ट्रलाई हरेक हिसाबले आत्मनिर्भर बन्ने हिसाबले ,अहिलेका आर्थिक क्षेत्रमा आएका अप्ठ्याराहरूको हिसाबले हाम्रा पछ्यौटेपन जेजे क्षेत्रमा छ त्यसलाई विकास गर्ने हिसाबले हाम्रो ऐतिहासिक र चीजहरूको रक्षा गर्ने हिसाबले यस्ता सहयोग प्रयोग कसरी गर्ने भन्ने कुरामा राष्ट्रिय आवश्यकताको हिसाबले हाम्रो वस्तुगत स्थितिको आधारमा जानुपर्छ ।’

सभामुख घिमिरेले वैदेशिक सहयोगहरूको सदुपयोग ठिक ढङ्गबाट गर्नका लागि आम जनताको पहुँचमा पुर्‍याउनुपर्ने धारणा रहेको छ ।


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?