Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

अर्थतन्त्रका स्रोतहरूमा धेरै फेरबदल आइरहेको छ : सांसद वाग्ले


काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थविद्ध स्वर्णिम वाग्लेले अहिले अर्थतन्त्रका स्रोतहरूमा धेरै फेरबदल आइरहेको बताएका छन् ।

बिहीवार बिहान वैदेशिक सहायताको प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद वाग्लेले कर्मचारी जलवायु परिवर्तन, नेपालीहरू बाहिर बस्ने प्रवृत्तिका कारण अर्थतन्त्रका स्रोतहरूमा बदलाव आइरहेको बताएका हुन् ।

उनले भने, ‘अहिले अर्थतन्त्रका स्रोतहरूमा पनि धेरै बद्लावहरु आइरहेका छन् । अहिले संरचनागत रूपमा जलवायु परिवर्तनका कुराहरू जोडिने महत्त्वपूर्ण कुराहरू भइरहेको छ । ठुला संरचनागत परिवर्तनहरू भइरहेको छ भने तीन करोडमा एक करोड नेपालीहरू बाहिर बस्ने जस्तो सारा कुराले गर्दा नयाँ नयाँ विकासका चुनौतीहरू पनि आउन थालेका छन् । त्यतातिर ध्यान दिन जरुरी छ ।’

सांसद वाग्लेले ठेकदार, नेता र कर्मचारीको मिलेमतो नियुक्तको किनबेच, नीतिको कब्जा, र पूर्वाधारमा चरम भ्रष्टाचार भइरहेको समेत टिप्पणी गरेका छन् । स्वास्थ्य र शिक्षा जस्तो संवेदनाशील कुराहरूमा पनि चरम भ्रष्टाचार भइरहेकाले अर्थतन्त्रका सूचकहरूमा सुधार आउन नसकेको उनको भनाई रहेको छ ।

उनले भने, ‘नियुक्तिहरू बेचबिखन हुने, नीतिगत सेटिङका हिसाबले नियमावली संशोधन गर्ने, कागजात मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्कापट्टाको त कुरै नगरौँ ।’


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?