Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

अर्थतन्त्रका स्रोतहरूमा धेरै फेरबदल आइरहेको छ : सांसद वाग्ले


काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थविद्ध स्वर्णिम वाग्लेले अहिले अर्थतन्त्रका स्रोतहरूमा धेरै फेरबदल आइरहेको बताएका छन् ।

बिहीवार बिहान वैदेशिक सहायताको प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद वाग्लेले कर्मचारी जलवायु परिवर्तन, नेपालीहरू बाहिर बस्ने प्रवृत्तिका कारण अर्थतन्त्रका स्रोतहरूमा बदलाव आइरहेको बताएका हुन् ।

उनले भने, ‘अहिले अर्थतन्त्रका स्रोतहरूमा पनि धेरै बद्लावहरु आइरहेका छन् । अहिले संरचनागत रूपमा जलवायु परिवर्तनका कुराहरू जोडिने महत्त्वपूर्ण कुराहरू भइरहेको छ । ठुला संरचनागत परिवर्तनहरू भइरहेको छ भने तीन करोडमा एक करोड नेपालीहरू बाहिर बस्ने जस्तो सारा कुराले गर्दा नयाँ नयाँ विकासका चुनौतीहरू पनि आउन थालेका छन् । त्यतातिर ध्यान दिन जरुरी छ ।’

सांसद वाग्लेले ठेकदार, नेता र कर्मचारीको मिलेमतो नियुक्तको किनबेच, नीतिको कब्जा, र पूर्वाधारमा चरम भ्रष्टाचार भइरहेको समेत टिप्पणी गरेका छन् । स्वास्थ्य र शिक्षा जस्तो संवेदनाशील कुराहरूमा पनि चरम भ्रष्टाचार भइरहेकाले अर्थतन्त्रका सूचकहरूमा सुधार आउन नसकेको उनको भनाई रहेको छ ।

उनले भने, ‘नियुक्तिहरू बेचबिखन हुने, नीतिगत सेटिङका हिसाबले नियमावली संशोधन गर्ने, कागजात मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्कापट्टाको त कुरै नगरौँ ।’


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?