Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

श्रीलङ्काका विदेशमन्त्रीको राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता


काठमाडाैं। श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अलि साब्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेलले श्रीलङ्काका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षले नेपाल भ्रमणका अवसरमा लुम्बिनी संसारको सांस्कृतिक गन्तव्यस्थल हुने बताएको स्मरण गर्दै नेपाल र श्रीलङ्का बीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत र व्यापक बनाउनुपर्नेमा जोड दिएका छन् ।

सो अवसरमा विदेशमन्त्री साब्रीले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गराउनुका साथै दुवै देश बीच लगानीका सम्भावना बढाउन आवश्यक रहेको धारणा व्यक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?