Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीको तयारी


काठमाडौं। संघीय संसद सचिवालयका महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाही तयारी भएको छ । गत महिना संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाउँदै एक महिला शाखा अधिकृतलाई झापड हानेका प्रत्यक्षदर्शीले बताएका थिए ।

त्यस्तै, उनीमाथि संघीय संसद सचिवालय ऐन २०६४ को दफा ८३ अनुसार कारबाही गर्ने तयारी छ भने यो दफा अनुसार कारबाही भएमा उनको २ वर्षदेखि ५ वर्षसम्म बढुवा वा तलबवृद्धि रोक्का हुने छ ।

त्यसबारेमा उजुरी परेपछि संसद सचिवालयको प्रशासनले गैरेसँग स्पष्टीकरण सोधेको थियो । त्यसकै आधारमा उनीमाथि कारबाहीको तयारी भएको सचिवालय श्रोतले जनाएको छ ।

 


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?