Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीको तयारी


काठमाडौं। संघीय संसद सचिवालयका महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाही तयारी भएको छ । गत महिना संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाउँदै एक महिला शाखा अधिकृतलाई झापड हानेका प्रत्यक्षदर्शीले बताएका थिए ।

त्यस्तै, उनीमाथि संघीय संसद सचिवालय ऐन २०६४ को दफा ८३ अनुसार कारबाही गर्ने तयारी छ भने यो दफा अनुसार कारबाही भएमा उनको २ वर्षदेखि ५ वर्षसम्म बढुवा वा तलबवृद्धि रोक्का हुने छ ।

त्यसबारेमा उजुरी परेपछि संसद सचिवालयको प्रशासनले गैरेसँग स्पष्टीकरण सोधेको थियो । त्यसकै आधारमा उनीमाथि कारबाहीको तयारी भएको सचिवालय श्रोतले जनाएको छ ।

 


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?