Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरुले आजदेखि सुरु गरे काम


काठमाडाैं। सर्वोच्च अदालतमा नवनियुक्त न्यायाधीशहरुले आजदेखि काम सुरु गरेका छन् । नवनियुक्त न्यायाधीशहरूको १० इजलास बसेको छ । नवनियुक्त ६ न्यायाधीशसहितको इजलास बसेको हो ।

नवनियुक्त न्यायाधीश अब्दुल अजिज मुसलमान मनोजकुमार शर्मासँगको इजलासमा परेका छन् भने महेश शर्मा पौडेले कुमार चुडालसँगको इजलासमा परेका छन् ।

त्यस्तै, नवनियुक्त न्यायाधीशहरूमध्ये बालकृष्ण ढकाल नहकुल सुवेदीसँगको इजलासमा परेका छन् भने टेकप्रसाद ढुंगाना तिलप्रसाद श्रेष्ठसँगको इजलासमा परेका छन् । संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट नियुक्त भएका ६ न्यायाधीशलाई बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ खुवाएका थिए ।

नवनियुक्त न्यायाधीश सारंगा सुवेदी सुस्मलता माथेमासँगको इजलासमा परेकी छन् । सुनिलकुमार पोख्रेल हरि फुयाँलसँगको इजलासमा परेका छन् ।

 


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?