Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरुले आजदेखि सुरु गरे काम


काठमाडाैं। सर्वोच्च अदालतमा नवनियुक्त न्यायाधीशहरुले आजदेखि काम सुरु गरेका छन् । नवनियुक्त न्यायाधीशहरूको १० इजलास बसेको छ । नवनियुक्त ६ न्यायाधीशसहितको इजलास बसेको हो ।

नवनियुक्त न्यायाधीश अब्दुल अजिज मुसलमान मनोजकुमार शर्मासँगको इजलासमा परेका छन् भने महेश शर्मा पौडेले कुमार चुडालसँगको इजलासमा परेका छन् ।

त्यस्तै, नवनियुक्त न्यायाधीशहरूमध्ये बालकृष्ण ढकाल नहकुल सुवेदीसँगको इजलासमा परेका छन् भने टेकप्रसाद ढुंगाना तिलप्रसाद श्रेष्ठसँगको इजलासमा परेका छन् । संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट नियुक्त भएका ६ न्यायाधीशलाई बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ खुवाएका थिए ।

नवनियुक्त न्यायाधीश सारंगा सुवेदी सुस्मलता माथेमासँगको इजलासमा परेकी छन् । सुनिलकुमार पोख्रेल हरि फुयाँलसँगको इजलासमा परेका छन् ।

 


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?