Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

भोका बालबालिकालाई भोलि खाउँला भन्न सकिँदैन: उपप्रमुख डंगोल


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, भोका बालबालिकालाई भोलि खाउँला भन्न नसकिने बताउनुभएको छ । नेपाल बाल संगठनलाई बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि ३० लाख रुपैयाँ प्रदान गर्दै यस्तो बताउनुभएको हो । संघ सरकारबाट प्राप्त हुनु पर्ने रकम समयमा उपलब्ध हुन नसकेपछि दैनिक खाना र स्वास्थ्योपचारमा समस्या भएको गुनासो सुनेपछि उहाँले यस्तो बताउनुभएको थियो ।

चालु आर्थिक बर्षमा संगठनको २० प्रतिशत लागत सहभागिता हुने गरी महानगरपालिकाले ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ । उपप्रमुख डंगोलले यसमध्येको ३० लाख रुपैयाँ, संगठनकी अध्यक्ष विद्या न्यौपानेलाई प्रदान गर्नुभएको हो । यस क्रममा उहाँले भन्नुभयो, ‘लोककल्याणकारी राज्यमा बालबालिका भोकै बस्नु पर्ने अवस्था हुनुहुँदैन । बाल संगठन व्यवस्थापनको मुख्य दायित्व संघ सरकारका जिम्मेवार मन्त्रालयको हो । यसो भनेर हामी हाम्रो कर्तव्य छोड्दैनौँ । यसका लागि सहयोग रकम उपलब्ध गराएका हौँ ।’

उहाँले, बाल पुनःस्थापना र सुधार केन्द्र स्थापना गर्ने संगठनको प्रस्तावमा महानगरपालिका सकारात्मक रहेको बताउनुभयो । संगठनकी अध्यक्ष न्यौपानेले, संगठनसँग अचल सम्पत्ति भए पनि चल सम्पत्तिको अभाव रहेको उल्लेख गर्नुभयो । भएको चल सम्पत्ति पनि ठाउँ ठाउँमा अपचलन भएको छ । त्यसलाई रोकेर आफ्नो आम्दानी बाल संरक्षणका लागि उपयोग गर्ने वातावरण बनाउँदै लगेको उहाँको भनाइ थियो ।


प्रकाशित मिति: ५ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?