Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

भातृत्व र सहिष्‍णुता कायम गरौं


काठमाडौं । उग्र भाषणका कारण आलोचित बनेका संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले भातृत्व र सहिष्‍णुता कायम गर्न अपिल गरेका छन् । साामाजिक सन्जालमार्फत यस्ताे बताएका हुन् । राजधानीमा हिजो आयोजित क्रिश्चियन धर्मको एउटा कार्यक्रममा दिएको अभिव्यक्तिका कारण उनी विवादमा मुछिएका हुन् ।

सहभागीले ताली बजाउदै उनको भाषणलाई समर्थन गर्न थालेपछि हौसिदै मन्त्री किरातीले क्रिश्चियनबाहेक अन्य धर्म मान्नेको उछितो काढेका थिए । भाषणका क्रममा उनले क्रिश्चियन नमान्नेलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिएका थिए । उनले भनेका छनः

बहशको लागि सबैलाई धन्यवाद !
संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गरौं ! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो,
भन्‍नलाई त मलाई;
पशुपतिनाथ सफा गर्दा हिन्दु भने,
बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने,
मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने,
क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने,
फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।


प्रकाशित मिति: ५ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?