Trending
>>   एमालेको ११ औँ महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र, प्रतिनिधिहरूको चहलपहल >>   गभर्नर पौडेललाई बर्खास्त गर्न जेन–जी युनाईटेडको माग >>   १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   सुडानस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा ड्रोन आक्रमणः ६ शान्ति सैनिकको मृत्यु >>   ‘अबको जवाफ मतबाट’ भन्दै काठमाडौंमा एमआरआरको वाकथन >>   लुम्बिनीको शान्त र मनमोहक सुन्दरता (फोटो फिचर) >>   थाइल्याण्डसँगको द्वन्द्वसँगै ३ लाख कम्बोडियालीले बासस्थान छोडे >>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

भातृत्व र सहिष्‍णुता कायम गरौं


काठमाडौं । उग्र भाषणका कारण आलोचित बनेका संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले भातृत्व र सहिष्‍णुता कायम गर्न अपिल गरेका छन् । साामाजिक सन्जालमार्फत यस्ताे बताएका हुन् । राजधानीमा हिजो आयोजित क्रिश्चियन धर्मको एउटा कार्यक्रममा दिएको अभिव्यक्तिका कारण उनी विवादमा मुछिएका हुन् ।

सहभागीले ताली बजाउदै उनको भाषणलाई समर्थन गर्न थालेपछि हौसिदै मन्त्री किरातीले क्रिश्चियनबाहेक अन्य धर्म मान्नेको उछितो काढेका थिए । भाषणका क्रममा उनले क्रिश्चियन नमान्नेलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिएका थिए । उनले भनेका छनः

बहशको लागि सबैलाई धन्यवाद !
संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गरौं ! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो,
भन्‍नलाई त मलाई;
पशुपतिनाथ सफा गर्दा हिन्दु भने,
बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने,
मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने,
क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने,
फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।


प्रकाशित मिति: ५ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?