Trending
>>   उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न, असार दोस्रो साता पूर्ण बैठक बस्ने >>   नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरणः मन्त्री गुरुङ >>   कर्मचारीहरूलाई असिमित अवधिसम्म कामकाजमा खटाउने कार्य बन्द हुने >>   पुल सुधार तथा मर्मत कार्यक्रमका लागि २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण… >>   बैंकमा निक्षेप बढेको बढ्यै, एकैदिन ९० अर्ब खिच्दै राष्ट्र बैंक >>   सुनचाँदी कारोबारलाई नियमन गर्ने सरकारी निकाय छैनः अध्यक्ष महर्जन >>   असार ५ गते काँग्रेसका केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरु बन्द हुने >>   एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छः अर्थमन्त्री पौडेल >>   काँग्रेस नेता शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा >>   युवाको क्षमता नेपालमै प्रस्फुटन गराउने वातावरण निर्माण गर्नु राज्यको दायित्वः अध्यक्ष दाहाल
Logo
४ असार २०८२, बुधबार
४ असार २०८२, बुधबार

मानव क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई निरन्तर सरकारकाे जोडः परराष्ट्रमन्त्री


काठमाडौैैैैैैैैैैैैैैैं । परराष्ट्रमन्त्री एनपी साउदले आवधीक विकास योजनाहरूले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई निरन्तर जोड दिएको बताउनुभएको छ। नेपालले आफ्नो विकास योजना र कार्यक्रममा मानव विकासको अवधारणालाई समावेश गरेको भन्दै उहाँले आवधीक विकास योजनाहरूले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई निरन्तर जोड दिएको बताउनुभएको हो।

‘मानव विकास सूचकांक अल्पविकसित देशबाट स्तनोत्तरी हुने तीन मापदण्डमध्ये एक हो र यो हामीले वर्षौंअघि पूरा गरेको पहिलो मापदण्ड थियो,’ साउदले यूएनडीपीले मंगलबार काठमाडौैैैैैैैैैैैैैैैंमा आयोजना गरेको क्षेत्रीय मानव विकास प्रतिवेदन–२०२४ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै भन्नुभयो। बाह्य र आन्तरिक दुवै कारणले गर्दा एसडीजीमा नेपालको प्रगति सहस्राब्दी लक्ष्य जत्तिकै स्थिर हुन नसकेको पनि सरकारको प्रतिबद्धता बलियो रहेको उहाँको भनाइ छ।

‘बाह्य र आन्तरिक दुवै कारणले गर्दा एसडीजीमा नेपालको प्रगति सहस्राब्दी लक्ष्य जत्तिकै स्थिर हुन सकेको छैन। यद्यपि, हाम्रो प्रतिबद्धता बलियो छ,’ मन्त्री साउदले भन्नुभयो, ‘हाम्रो इमानदार प्रयास जारी छ। प्रतिवेदनले जलवायु परिवर्तनबाट उत्पन्न हुने खतरालाई पनि उजागर गरेको छ।’ जलवायु परिवर्तनको खतराको बारेमा कुरा गर्दै गर्दा हिमालय क्षेत्रका मुलुकहरुले भोगिरहेका गम्भीर समस्याहरुका बारेमा उचित ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले भर्खरै सम्पन्न कोप–२८ मा पनि उक्त विषय मुख्य सन्देश रहेको पनि बताउनुभयो।

सरकार युवालाई गुणस्तरीय शिक्षा, सीप अभिवृद्धि र उद्यमशीलताका लागि अनुकूल वातावरणको अवसर प्रदान गर्न प्रयासरत रहेको भन्दै परराष्ट्रमन्त्री साउदले उक्त मिशनमा युएनडीपी जस्ता महत्वपूर्ण साझेदारहरूबाट प्राप्त निरन्तर सहयोगको लागि सरकार आभारी रहेको पनि बताउनुभयो। ‘नेपालको जनसंख्यामा युवाहरुको बाहुल्यता रहेको छ र काम गर्ने उमेरको यो जनसंख्या हाम्रो सम्पत्ति हो,’ उहाँले भन्नुभयो, ‘हामी हाम्रा युवाहरूलाई गुणस्तरीय शिक्षा, सीप अभिवृद्धि र उद्यमशीलताको लागि अनुकूल वातावरणको अवसर प्रदान गर्न प्रयासरत छौं। हाम्रो यो मिशनमा हामी युएनडीपी जस्ता हाम्रा महत्वपूर्ण साझेदारहरूबाट प्राप्त निरन्तर सहयोगको लागि आभारी छौँ।’


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?