Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

उच्च अदालतद्वारा शिक्षकको सरुवा रोक्ने निवेदन खारेज


काठमाडौं। सरुवामा परेका शिक्षकहरूले रौतामाई गाउँपालिकाबिरुद्ध दिएको रिट निवेदन उच्च अदालतले खारेज गरिदिएको छ । गाउँपालिकाको २०८० असार २५ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार सरुवामा परेका शिक्षकहरूले दिएको निवेदन अदालतले खारेज गरेको हो ।

उक्त गाउँपालिकाको शिक्षा समितिको परामर्श अनुसार कार्यपालिका बैठकले निर्णय गर्दै विभिन्न विद्यालयका २७ शिक्षक शिक्षिकाको सरुवा भएको थियो । सरुवामा केही शिक्षकहरू आधारभूतबाट माध्यमिक विद्यालय र कतिलाई माध्यमिकबाट आधारभूतमा र प्रअबाट साधारण शिक्षक कायम हुन पुगेपछि असन्तुष्टि जनाउँदै अदालत गएका हुन् ।

त्यस्तै, सरुवा गर्दा आफूहरूको सहमति नलिएको, पायक ठाउँबाट अपायकमा लगेको तथा प्रधानाध्यापकबाट साधारण शिक्षक कायम गरेको भन्दै उनीहरूले न्यायका लागि उच्च अदालत गुहारेका थिए।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?