Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

उच्च अदालतद्वारा शिक्षकको सरुवा रोक्ने निवेदन खारेज


काठमाडौं। सरुवामा परेका शिक्षकहरूले रौतामाई गाउँपालिकाबिरुद्ध दिएको रिट निवेदन उच्च अदालतले खारेज गरिदिएको छ । गाउँपालिकाको २०८० असार २५ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार सरुवामा परेका शिक्षकहरूले दिएको निवेदन अदालतले खारेज गरेको हो ।

उक्त गाउँपालिकाको शिक्षा समितिको परामर्श अनुसार कार्यपालिका बैठकले निर्णय गर्दै विभिन्न विद्यालयका २७ शिक्षक शिक्षिकाको सरुवा भएको थियो । सरुवामा केही शिक्षकहरू आधारभूतबाट माध्यमिक विद्यालय र कतिलाई माध्यमिकबाट आधारभूतमा र प्रअबाट साधारण शिक्षक कायम हुन पुगेपछि असन्तुष्टि जनाउँदै अदालत गएका हुन् ।

त्यस्तै, सरुवा गर्दा आफूहरूको सहमति नलिएको, पायक ठाउँबाट अपायकमा लगेको तथा प्रधानाध्यापकबाट साधारण शिक्षक कायम गरेको भन्दै उनीहरूले न्यायका लागि उच्च अदालत गुहारेका थिए।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?