Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

नौ हजार गाँजाको बोट नष्ट


वीरगञ्ज, पर्सा। लागुऔषधको रुपकमा गाँजा फँडानी अभियानका क्रममा पर्सा प्रहरीले नौ हजार गाँजाको बोट नष्ट गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा स्थानीयवासीहरुले व्यावसायिक रुपमै गाँजा खेती गर्न थालेपछि प्रहरीले त्यसविरुद्ध अभियान चलाएको हो ।

सो अभियानअन्तर्गत हालसम्म जिल्लाको विभिन्न स्थानमा करिब नौ हजारभन्दा बढी गाँजाको बोट फँडानी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

अभियानकै क्रममा पछिल्लो पटक पर्साको ठोरी गाउँपालिका–३ स्थित रामनगर तथा बुद्धनगर र पटेर्वासुगौली गाउँपालिका–४ र ५ स्थित देउरिया र डेकुलीमा स्थानीयवासीले अवैधरूपमा लगाएको छ हजार गाँजाको बोट फँडानी गरी नष्ट गरिएको थियो ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली, इलाका प्रहरी कार्यालय ठोरी, इलाका प्रहरी कार्यालय औडारबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा स्थानीयवासीले करिब ११ कट्ठा जग्गामा लगाएको गाँजा फँडानी गरिएको पटेर्वा सुगौली इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।

यसअघि प्रहरी टोलीले जिल्लाको पर्सागढी नगरपालिका–३ झबराहामा करिब डेढ बिघा जग्गामा लगाएको १२ हजार गाँजाको बोट र ठोरी गाउँपालिका र जिराभवानी गाउँपालिकामा करिब १६ कट्ठा जग्गामा लगाइएको १८ हजार गाँजा खेती फँडानी गरिएको थियो ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष राईको नेतृत्वमा खटिएको टोलीले ठोरी गाउँपालिका–३ र ४ मा स्थानीयवासीले दश कट्ठा खेतमा अवैध रूपमा लगाएको गाँजा र जिराभवानी गाउँपालिका–१ मा छ कट्ठा एक धुर जग्गामा लगाएको गाँजाकोबोटहरू फँडानी गरी नष्ट गरिएको थियो ।

त्यसैगरी, पर्साको ठोरी, पर्सागढी, बहुदरमाई, पोखरियालगायत स्थानहरुमा गाँजा खेती भइरहेको छ भने अवैध रुपमा गाँजाखेती फस्टाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्न अभियान थालिएको र अन्य स्थानमा पनि गाँजा फँडानीलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?