Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

ललितपुरको भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वाटर परिसरमा आगलागी


ललितपुर। ललितपुरको भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वाटर परिसरमा आगलागी भएको छ । मन्त्री क्वाटर निर्माणमा खटिएका मजदुरले प्रयोग गर्दै आएको अस्थायी टहरामा आगलागी भएको हो ।

उक्त महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धि विक्रम शाहका अनुसार क्वार्टर भित्र रहेको एउटा टहरामा आगो लागेको हो ।

सो  निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा बिहान साढे ११ बजे लागेको आगो करिब १५ मिनेटमा नियन्त्रणमा लिइएको शाहले बताएका छन् ।

उनका अनुसार मजदुरहरूले खाना पकाउने क्रममा अस्थायी टहरामा आगो लागेको हो । स्टोर गरेर राखिएका रङ्गमा क्षति भएको छ । कुनै मानवीय क्षति भएको छैन ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?