Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

ललितपुरको भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वाटर परिसरमा आगलागी


ललितपुर। ललितपुरको भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वाटर परिसरमा आगलागी भएको छ । मन्त्री क्वाटर निर्माणमा खटिएका मजदुरले प्रयोग गर्दै आएको अस्थायी टहरामा आगलागी भएको हो ।

उक्त महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धि विक्रम शाहका अनुसार क्वार्टर भित्र रहेको एउटा टहरामा आगो लागेको हो ।

सो  निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा बिहान साढे ११ बजे लागेको आगो करिब १५ मिनेटमा नियन्त्रणमा लिइएको शाहले बताएका छन् ।

उनका अनुसार मजदुरहरूले खाना पकाउने क्रममा अस्थायी टहरामा आगो लागेको हो । स्टोर गरेर राखिएका रङ्गमा क्षति भएको छ । कुनै मानवीय क्षति भएको छैन ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?