Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान देवुलाई


काठमाडौं। नेपाल स्रष्टा समाजले यस वर्षको प्रसिद्ध कणेल युवा स्रष्टा सम्मान युवाकवि देवु लुइँटेललाई प्रदान गर्ने भएको छ । समाजका उपाध्यक्ष चेतनाथ कणेल ‘हरित’ र सीता भण्डारी कँडेलले आफ्ना छोराका नाममा स्थापना गर्नुभएको उक्त सम्मानको नगद राशि ११ हजार एक सय ११ रहेकोे छ ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । उक्त सम्मान आगामी पुस १४ गते नेपाल स्रष्टा समाजको १७औँ स्थापना दिवसको सन्दर्भ पारेर प्रदान गरिने छ ।

त्यस्तै, २०७५ सालदेखि नियमितरूपमा प्रदान गर्दै आइएको यस सम्मानबाट हालसम्म युवा स्रष्टाहरू डा. रमेश शुभेच्छु, महेश पौडेल, अनुपम रोशी, मिलन समीर र नवराज पराजुली सम्मानीत भइसकेका छन् ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?