Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

शाकाहारी खाना मात्र खुवाउन अध्यक्ष लिङ्देनको निर्देशन


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका केन्द्रदेखि वडा तहका कार्यक्रमहरूमा अबदेखि शाकाहारी खाना मात्रै खुवाउने भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका ब्यानरमा हुने कार्यक्रममा शाकाहारी खाना मात्र खुवाउन निर्देशन दिएका हुन् ।

त्यस्तै, गत आइतबारदेखि राप्रपाको केन्द्रीय कार्यसमिति बैठक जारी छ । राप्रपाले पार्टीका कार्यक्रममा नेता तथा कार्यकर्तालाई खानासँगै सागपात, दुधदही र फलफूललगायत सात्त्विक भोजन मात्रै खुवाउने भएको हो ।

उक्त पार्टीका कार्यक्रममा अबदेखि माछा-मासु खुवाउन नपाइने भनेर अध्यक्षले निर्देशन दिइसकेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

श्रेष्ठले भने, ‘हामीले जारी केन्द्रीय समितिमा पनि शाकाहारी खाना खायौँ। पार्टीभित्र आर्थिक हिसाबले मितव्ययी हुन पनि यस्तो निर्देशन दिइएको हो।’

उनले हिन्दुराष्ट्र पुनर्स्थापना लगायत पार्टीले लिएका एजेन्डामा पनि यस्ता निर्देशनले बल पुग्ने तर्क गरेका छन् ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?