Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

शाकाहारी खाना मात्र खुवाउन अध्यक्ष लिङ्देनको निर्देशन


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका केन्द्रदेखि वडा तहका कार्यक्रमहरूमा अबदेखि शाकाहारी खाना मात्रै खुवाउने भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका ब्यानरमा हुने कार्यक्रममा शाकाहारी खाना मात्र खुवाउन निर्देशन दिएका हुन् ।

त्यस्तै, गत आइतबारदेखि राप्रपाको केन्द्रीय कार्यसमिति बैठक जारी छ । राप्रपाले पार्टीका कार्यक्रममा नेता तथा कार्यकर्तालाई खानासँगै सागपात, दुधदही र फलफूललगायत सात्त्विक भोजन मात्रै खुवाउने भएको हो ।

उक्त पार्टीका कार्यक्रममा अबदेखि माछा-मासु खुवाउन नपाइने भनेर अध्यक्षले निर्देशन दिइसकेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

श्रेष्ठले भने, ‘हामीले जारी केन्द्रीय समितिमा पनि शाकाहारी खाना खायौँ। पार्टीभित्र आर्थिक हिसाबले मितव्ययी हुन पनि यस्तो निर्देशन दिइएको हो।’

उनले हिन्दुराष्ट्र पुनर्स्थापना लगायत पार्टीले लिएका एजेन्डामा पनि यस्ता निर्देशनले बल पुग्ने तर्क गरेका छन् ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?